दुबई । यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक कार्गो जहाज अपहरण गरेका छन् । बेलायती सामुद्रिक व्यापारिक निकाय (यूकेएमटीओ) का अनुसार आक्रमणकारीहरूले यमनको बलहाफबाट करिब १२० किलोमिटर दक्षिण–पश्चिममा रहेको कार्गो जहाजमा चढेर नियन्त्रणमा लिएका हुन् । यूकेएमटीओले जहाजमा अनधिकृत व्यक्तिहरूले नियन्त्रण जमाएको र घटनाबारे सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको जनाएको छ । विश्लेषकहरूले पछिल्लो एक वर्षमा अफ्रिकाको आसपास तथा नजिकका समुद्री क्षेत्रमा समुद्री डकैतीका घटना बढ्दै गएको बताएका छन् । फेब्रुअरीमा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि सुरु भएको मध्यपूर्व युद्धका कारण अरेबियाली प्रायद्वीप आसपासका समुद्री मार्गमा आवतजावत गर्ने जहाजहरू पनि पटक–पटक द्वन्द्वको जोखिममा पर्दै आएका छन् ।
यमनको दक्षिणी तट नजिक कार्गो जहाज अपहरण

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






