Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मुक्तिनाथबाट सुरु भएको दिव्य रथयात्रालाई विराटनगरमा भव्य स्वागत

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुक्तिनाथबाट सुरु भएको दिव्य रथयात्रालाई विराटनगरमा भव्य स्वागत
Photo / Coverage: केन्द्रबिन्दु

विराटनगर । मुस्ताङस्थित मुक्तिनाथ धामबाट सुरु भएको मुक्तिनाथ गजेन्द्र नारायण दिव्य रथयात्रा महोत्सवलाई विराटनगरमा भव्य स्वागत गरिएको छ । विश्वभरका वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मुक्तिनाथ धाम तथा कालीगण्डकी तटीय क्षेत्रका पवित्र तीर्थस्थलहरूको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको हो । विराटनगरमा लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत स्वामीको प्रमुख आयोजनामा तथा कोशी प्रदेशसभा सदस्य एवं कांग्रेस नेता भीम पराजुलीको संयोजकत्वमा गठित समितिले रथयात्राको स्वागत तथा व्यवस्थापन गरेको थियो । रथयात्राको स्वागत कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, धार्मिक अभियन्ता एवं समितिकी उपाध्यक्ष पुष्पलता कोइराला, सचिव कैलाश भट्टराई, सदस्यहरू भीखमचन्द सरल, बेनीगोपाल मुन्दडा र जुगलकिशोर राठीसहित विभिन्न सुरक्षा निकायका प्रमुख तथा धार्मिक र सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो । सोमबार विराटनगर आइपुगेको रथले मंगलबार विराटनगरस्थित भेडियारीमा रहेको ऐतिहासिक विराट राजाको दरबारका संरक्षित भग्नावशेषको परिक्रमा गरेको थियो । त्यसपछि धरान रोड हुँदै रथयात्रा सुनसरीतर्फ प्रस्थान गरेको छ । कार्यक्रममा बोल्दै रथयात्रा व्यवस्थापन समितिका संयोजक पराजुलीले शक्तिका साधकहरूका लागि विशेष महत्त्व राख्ने रथ विराटनगर आइपुग्नु गौरव र सौभाग्यको विषय भएको बताए । मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यका उत्तराधिकारी करपात्री स्वामीजीले रथयात्रा सम्पन्न भएपछि नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्र नारायण दिव्यधाममा भगवान् श्री गजेन्द्रमोक्ष नारायणको दिव्य विराट महायज्ञ आयोजना गरिने जानकारी दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हत्या आरोपमा चार जना पक्राउ
Latest NewsJust now

हत्या आरोपमा चार जना पक्राउ

भुवन कार्कीरुपन्देही, कात्तिक १७ गते । कोदालो र हँसिया प्रहार गरी एक महिलाको हत्या गरेको आरोपमा रुपन्देहीमा चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ मजगाँवाकी... ...

गोरखापत्र
भोटेकोशी र कालीगण्डकीका विपद् प्रभावित क्षेत्रमा ९५ करोडको राहत सामग्री परिचालन
Latest NewsJust now

भोटेकोशी र कालीगण्डकीका विपद् प्रभावित क्षेत्रमा ९५ करोडको राहत सामग्री परिचालन

काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत करिब ९५ करोड रुपैयाँ बराबरको राहत सामग्री परिचालन भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गैरसरकारी संस्थाबाट ९४ करोड ९४ लाख ९४ हजार ५६७ रुपैयाँ बराबरको राहत सामग्री सहयोग प्राप्त भएको जानकारी दिए । मंगलबार सिंहदरबारमा बसेको विपद्सम्बन्धी अध्ययन ...

टक्सार
मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
Latest NewsJust now

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मुस्ताङ । सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार १२ जना... ...

रातोपाटी
बिहान मोबाइल हेर्नुभन्दा एक घण्टा योग साधनामा समय दिऔं : मुख्यमन्त्री थापा
Latest NewsJust now

बिहान मोबाइल हेर्नुभन्दा एक घण्टा योग साधनामा समय दिऔं : मुख्यमन्त्री थापा

बागमती । बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उनले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए । योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play