Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

बिहान मोबाइल हेर्नुभन्दा एक घण्टा योग साधनामा समय दिऔं : मुख्यमन्त्री थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिहान मोबाइल हेर्नुभन्दा एक घण्टा योग साधनामा समय दिऔं : मुख्यमन्त्री थापा
Photo / Coverage: केन्द्रबिन्दु

बागमती । बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उनले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए । योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई मुक्त गराउन सहयोग पुग्ने बताउँदै उनले चिकित्सकका अनुसार नसा, थाइराइड, सुगर, प्रेसरबाट बच्नका लागि योगको महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । मुख्यमन्त्री थापा मगरले बिहानको समयमा मोबाइल हेर्नभन्दा कम्तीमा एक घण्टा योग साधनामा समय दिन सबै नागरिकलाई आग्रह गरे । कात्तिक १३ गतेदेखि आजसम्म सञ्चालन भएको बृहत् योग विज्ञान शिविरमा दुई हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित बनेको पतञ्जली योग समिति, मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र प्रमुख प्रशिक्षकका रुपमा रहनुभएको शिविरमा योगाभ्यास, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो । हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको फुटबल मैदानमा प्रत्येक दिन बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म योग शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरका इमरानले पूरा गरे अर्धशतक
Latest NewsJust now

विराटनगरका इमरानले पूरा गरे अर्धशतक

जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किंग्सका इमरान शेखले अर्धशतक पूरा गरेका छन्।  नेपाल प्रिमियर लिगअन्तर्गत आज भइरहेको खेलमा उनले ४० बलमा ५३ रन प्रहार गरेका हुन्।  उनको अर्धशतकमा ५ चौका र २ छक्का समावेश छ।  विराटनगरले १ विकेट गुमाएर १२.२ ओभरमा १०३ रन बनाइसकेको छ। ...

नेपालखबर
एनपीएलमा इमरान शेखको पहिलो अर्धशतक
Latest NewsJust now

एनपीएलमा इमरान शेखको पहिलो अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका इमरान शेखले पहिलो अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार जनकपुर बोल्ट्ससँगको खेलमा उनले ४० बलमा २ छक्का र ३... ...

रातोपाटी
पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध अर्काे भ्रष्टाचार मुद्धा पेश
Latest NewsJust now

पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध अर्काे भ्रष्टाचार मुद्धा पेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा पेस गरेको छ । अख्तियारले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजकसमेत रहेका नेपाल, कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्ररिजालसहित ९७ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गर्न लागेको हो । ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको प्रारम्भिक सूचना प्राप्त भएको छ । उनीहरुमाथि सार्वजनिक […] ...

लोकपथ
जनकपुरविरुद्ध इमरानको अर्धशतक
Latest NewsJust now

जनकपुरविरुद्ध इमरानको अर्धशतक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सका ब्याटर इमरान शेखले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्। टस हारेर पहिले ब्याटिङ गरिरहेको विराटनगरका लागि १२ ओभरको समाप्तिमा टिमको स्कोर १ विकेटको क्षतिमा १०२ रन पुगेको छ। इमरान शेखले ४० बलमा ५ चौका र २ छक्काको मद्दतले ५३ रन बनाएर क्रिजमा अविजित रहेका छन्। उनका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play