काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीका कारण नेपालको मौसममा आंशिक प्रभाव परेको छ । महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली देखिएको छ भने तराईसहित अन्य भूभागको मौसम मुख्यतया सफा रहेको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमानअनुसार आज (बिहीबार) पनि देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ । तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ । त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । मौसममा आंशिक बदली र केही स्थानमा वर्षाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
माथिल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






