Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता

Share:WhatsAppFacebookX (Twitter)Telegram
माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ‘ट्याप ट्याप सेन्ड’बीच विप्रेषण सेवा सञ्चालन गर्न सम्झौता भएको छ । यससँगै विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको छ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यका साथ उक्त सम्झौता गरिएको बैंकले बताएको छ । बैंकका अनुसार, यस सम्झौतासँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ‘ट्याप ट्याप सेन्ड’को मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी प्रेषित गरिएको रकम माछापुच्छ्र्रे बैंकको आफ्नै विप्रेषण सेवा एमबीएल रेमिटमार्फत नगद भुक्तानीका साथै माछापुच्छ्र्रे बैंकलगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत जम्मा गर्न सकिनेछ । नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत सेवाग्राहीले सहज रूपमा नगद भुक्तानी पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बैंकको अपेक्षा छ । The post माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मासु नखाई पनि शरीरमा आइरन बढाउने पाँच उपाय, पकाउने तरिकाले पनि पार्छ प्रभाव
Latest NewsJust now

मासु नखाई पनि शरीरमा आइरन बढाउने पाँच उपाय, पकाउने तरिकाले पनि पार्छ प्रभाव

शरीरमा आइरन (फलाम) को कमी हुन नदिन मासु नै खानुपर्छ भन्ने छैन । वनस्पतिजन्य खानेकुराबाट पनि पर्याप्त आइरन प्राप्त गर्न सकिन्छ । तर, त्यस्ता खानेकुरामा रहेको आइरन शरीरले कति मात्रामा... ...

रातोपाटी
निर्वाचन रणनीतिक सडक धमाधम कालोपत्रे हुँदै
Latest NewsJust now

निर्वाचन रणनीतिक सडक धमाधम कालोपत्रे हुँदै

काठमाडाैँ । टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका जोड्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ रणनितिक सडक निर्माणको अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन काठमाडौँ माताहत रहेका यो योजना २०७९ मंसिर १५ बाट निर्माण शुरु भएको थयो । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा यो योजना अन्तर्गत सडक स्तरोन्नति थालिएको थियो । देशभरका निर्वाचन क्षेत्र रणनितिक सडक २०७७ मा शुरुवात भएपनि यो सडक ...

टक्सार
आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने
Latest NewsJust now

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

काठमाडौँ। आज कुष्माण्ड नवमी, आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन् भन्ने धार्मिक मान्यता छ। आजको यो दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी र धातृ नवमी पनि भनिन्छ। आज अमलाका अतिरिक्त भगवान् विष्णुको विशेष रूपमा पूजाअर्चना पनि गरिन्छ। धर्मशास्त्रअनुसार आज भगवान् विष्णुका साथै अमलाको वृक्षको पूजासँगै अन्नादि दान गर्नाले अक्षय फल प्राप्त हुन्छ। यसैगरी, अमल र पिपलको विवाह गरिदियो भने ...

नेपालन्युज
पेल्टोलाको ऐतिहासिक जित, सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत मजबुत
Latest NewsJust now

पेल्टोलाको ऐतिहासिक जित, सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत मजबुत

वासिङ्गटन डीसी । अलास्कामा रिपब्लिकन उम्मेदवारलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलाले अमेरिकी सिनेटमा महत्त्वपूर्ण जित हासिल गरेकी छिन् । उनको जितसँगै सिनेटमा डेमोक्रेटिक पार्टीले ५६–४४ को बहुमत प्राप्त गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play