Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

मलेसिया जाने श्रमिकबाट १ अर्ब ६९ करोड ठगी, २ पूर्वमन्त्रीसहित ६ उच्चपदस्थ अधिकारी पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
मलेसिया जाने श्रमिकबाट १ अर्ब ६९ करोड ठगी, २ पूर्वमन्त्रीसहित ६ उच्चपदस्थ अधिकारी पक्राउ
Photo / Coverage: पर्दाफास

वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी रूपमा रकम असुली गरी ठगी तथा सङ्गठित अपराध गरेको कसूरमा पूर्वमन्त्रीद्वयसहित छ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा नेपाल सरकार वादी भई प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बन्धी कसूर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई नियन्त्रणमा लिएको हो । मलेसिया र नेपालबीच भएको सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्रको मुद्रा सञ्चितीकरणमा गम्भीर नोक्सानी पुर्‍याउने गरी निर्णय गरिएको अनुसन्धानबाट खुल्न आएको छ । अनुसन्धानका क्रममा मलेसिया जाने श्रमिकहरूसँग गैरकानूनी रूपमा ठगी गरी अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र पाउन्ड स्टर्लिङ ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी जम्मा रु. १ अर्ब ६९ करोड दुई लाख २४ हजार २६ दशमलव ७६ सङ्कलन गरिएको पाइएको छ । सङ्गठित समूहको लाभका लागि जानीजानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्य विपरीत श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गर्ने कार्यमा मौन बसी, कानूनी उपचार नगरी वा नगराई सो गैरकानूनी रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय वर्ष ६० का शेरबहादुर कुँवर र वर्ष ६१ का रामेश्वर राय यादव रहेका छन् । अछामको चौरपाटी गाउँपालिका वडा नं. ४ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ बस्ने कुँवर र सर्लाहीको चक्रघट्टा गाउँपालिका बेल्ही बस्ने यादवलाई यसै प्रकरणमा नियन्त्रणमा लिइएको हो । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव वर्ष ६४ का विनोद केसी, सोही मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखहरू तथा सहसचिवद्वय वर्ष ५१ का उमेश ढुङ्गाना र वर्ष ५३ का राजिव पोखरेल पनि पक्राउ परेका छन् । यसैगरी, रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानून अधिकृत तथा उपसचिव वर्ष ४९ की निर्मला गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस सङ्गठित ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा थप कानूनी कारबाही तथा अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : काठमाडौंलाई ६१ रनले हराउँदै चितवन राइनोज दोस्रो क्वालिफायरमा
OthersJust now

एनपीएल : काठमाडौंलाई ६१ रनले हराउँदै चितवन राइनोज दोस्रो क्वालिफायरमा

चितवन राइनोज राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे क्वालिफायरमा पुगेको छ। आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दाेस्राे क्वालिफायरमा स्थान सुरक्षित गर्याे। चितवन अब दाेस्राे क्वालिफायरमा भाेलि सुदूरपश्चिम राेयल्ससँग खेल्नेछ । काठमाडौं भने इलिमिनेटरबाटै बाहिरिएको छ। जितका लागि पाएकाे २०५ रनको विशाल लक्ष्य पछ्याएकाे काठमाडौं १४३ रनमा राेकियाे। जसमा विल बसिस्टाेले सर्वाधिक ...

पर्दाफास
बालेनको भ्रमण पूर्वसन्ध्यामा भारतले दियो थप ६१५ मेगावट विद्युत् निर्यातको अनुमति
OthersJust now

बालेनको भ्रमण पूर्वसन्ध्यामा भारतले दियो थप ६१५ मेगावट विद्युत् निर्यातको अनुमति

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भ्रमणको पूर्वसन्ध्यामा भारतले थप ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको छ । भारतीय पक्षले आज नेपालबाट भारततर्फ विद्युत् निर्यातका लागि उक्त परिमाणमा स्वीकृति दिएको हो । प्राधिकरणले यसअघि पठाएको अनुरोधमाथि क्रमिक रूपमा स्वीकृति आउने क्रममा आज थप ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको हो । नेपालबाट भारतमा विद्युत्… ...

अनलाइन खबर
सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत
OthersJust now

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गर्दै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गरेको छ । यससँगै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमै रहने कानुनी आधार थप बलियो भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play