काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरिएको छ । प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रिपरिषद्का सदस्यहरूको नयाँ मर्यादाक्रम निर्धारण गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार यसअघि सातौं स्थानमा रहेकी कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम अब तेस्रो स्थानमा पुगेकी छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भने दोस्रो स्थानमा यथावत रहेका छन् । नयाँ वरीयताक्रम अनुसार यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा र चौथो स्थानमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौं स्थानमा पुगेका छन् । त्यसैगरी, गृहमन्त्री सुधन गुरुङ छैटौं र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौं स्थानमा कायम भएका छन् । मन्त्रिपरिषद्को मर्यादाक्रमको अन्तिम स्थानमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव रहेका छन् ।
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो स्थानमा

Read Complete Original Article
Published originally on नेपालन्युज






