Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो स्थानमा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ । नयाँ मर्यादाक्रमअनुसार यसअघि सातौँ स्थानमा रहनुभएकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो वरीयतामा उक्लिनुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम प्रधानमन्त्रीको सिफारिसमा हेरफेर गरिएको हो । नयाँ मर्यादाक्रममा प्रधानमन्त्री बालेन्द्र शाह पहिलो स्थानमा हुनुहुन्छ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा रहनुभएको छ । त्यसपछि कानुनमन्त्री गौतम तेस्रो, परराष्ट्रमन्त्री शिशिर खनाल चौथो र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ वरीयतामा हुनुहुन्छ । त्यस्तै, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा हुनुहुन्छ । यसअघि परराष्ट्रमन्त्री खनाल तेस्रो, ऊर्जामन्त्री श्रेष्ठ चौथो, गृहमन्त्री गुरुङ पाँचौँ र पूर्वाधार विकासमन्त्री लम्साल छैटौँ वरीयतामा हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीको वरीयतामा माथि रहे पनि यसअघि मन्त्रिपरिषद्मा सातौँ स्थानमा हुनुहुन्थ्यो । पछिल्लो हेरफेरसँगै उहाँलाई पार्टीको वरीयताअनुसार मन्त्रिपरिषद्मा पनि माथिल्लो स्थानमा ल्याइएको छ । नयाँ व्यवस्थाअनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा हुनुहुन्छ । त्यसपछि क्रमशः महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेल रहनुभएको छ । यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषिमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव क्रमशः पछिल्ला वरीयतामा हुनुहुन्छ । सत्र सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहनु भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण
Latest NewsJust now

विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण

गोरखापत्र समाचारदाता काठमाडौँ, मङ्सिर ११ गते । भोटेकोशी हिमबाढीको विपत्बाट आमा वा बुवा वा दुवै अभिभावक गुमाएका शिशु तथा बालबालिकाका लागि सरकारले राज्यका तर्फबाट अभिभावकत्व दिने कार... ...

गोरखापत्र
लामो समयदेखि संवैधानिक इजलास प्रभावित
Latest NewsJust now

लामो समयदेखि संवैधानिक इजलास प्रभावित

काठमाडौं । विगत डेढ महिनादेखि सर्वोच्च अदालतको संवैधानिक इजलास गठन हुन नसक्दा अढाइ सय मुद्दाहरू प्रभावित भएका छन् । इजलास गठन गर्ने विषयमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच मतभेद देखिएपछि संवैधानिक विवादसँग सम्बन्धित २४६ मुद्दाहरू प्रभावित भएका हुन् । प्रधानन्यायाधीश मनोजकुमार शर्माले पछिल्लो पटक गत २१ असोजमा संवैधानिक इजलास गठन गर्नुभएको थियो । तर, न्यायाधीश हरिप्रसाद फुँयालले इजलासमा बस्न नसक्ने बताएपछि सुनुवाइ ...

हिमालय टाइम्स
मलेसिया ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पक्राउ, एक अर्ब ६९ करोड विदेश गएको खुलासा
Latest NewsJust now

मलेसिया ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पक्राउ, एक अर्ब ६९ करोड विदेश गएको खुलासा

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी तरिकाले रकम असुली गरी विदेश पठाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ । अनुसन्धान सुरु भएपछि भारत पुगेका उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरी उच्च स्रोतले उनलाई भारतबाटै नियन्त्रणमा लिएको बताए पनि प्रहरी मुख्यालयले भने नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । अर्याल पक्राउ ...

हिमालय टाइम्स
नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
Latest NewsJust now

नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपाल र युरोपबिच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै आर्थिक साझेदारी थप सुदृढ बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ आयोजना हुने भएको छ। यही नोभेम्बर २९ र ३० मा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। नेपाली व्यवसायी संघ युरोप (नेबा युर... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement