Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
Photo / Coverage: नेपालन्युज

मनाङ । अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका जानकारी दिए। उनका अनुसार १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र अन्य १० पर्यटकले भ्रमण गरेका हुन् । आयोजनाका अनुसार, भारतीय पाँच हजार ४९, इजरायलका दुई हजार ७६८, जर्मनका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ पर्यटकले मनाङको भ्रमण गरेका छन् । “अक्टोबरसम्म ११९ देशका नागरिकले मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन्,” प्रमुख भुजेलले भने, “सार्क राष्ट्रका पाँच हजार ९० र अन्य देशका २५ हजार ५७२ पर्यटकले यहाँको सुन्दरताको अवलोकन तथा भ्रमणमा आएका छन् ।” अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको अवस्थामा पनि उल्लेख्य पर्यटक आएको उनले बताए। “जोखिमकै अवस्थामा पनि मनाङको सौन्दर्यता तथा प्राकृतिक, सांस्कृतिक क्षेत्रको भ्रमणमा आएका हुन् । जोखिम कम भएपछि अहिले पर्यटक गन्तव्यतर्फ पुगिसकेका छन्,” उनले भने। अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल र मनास्लु हिमाल आरोहण गर्न पर्यटक आउने गरेका छन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज र प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्छन् । पछिल्लो समय सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै पदयात्रा सुरु हुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानमाथि तत्काल आक्रमण गर्ने अमेरिकाको योजना छैन : ट्रम्प
Latest NewsJust now

इरानमाथि तत्काल आक्रमण गर्ने अमेरिकाको योजना छैन : ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको बताएका छन् । मंगलबार फाइनान्सियल टाइम्स (एफटी) सँगको टेलिफोन अन्तर्वार्तामा उनले इरानसँगको तनावपूर्ण अवस्थाप्रति... ...

रातोपाटी
गैंडा र कागको कानेखुसी [तस्बिरहरू]
Latest NewsJust now

गैंडा र कागको कानेखुसी [तस्बिरहरू]

चितवन-मेघौली राधाकृष्ण मध्यवर्ती सामुदायिक वनभित्र मंगलबार दिउँसो वेथरी खोलामा देखिएको गैंडा । गैंडा पानीमा आहाल खेल्ने र लेउ तथा अन्य घाँस पनि खान्छ । गैंडा खोलामा आफ्नै सुरमा रहँदै गर्दा कौवा ढाडमा बसेको थियो । ...

कान्तिपुर
गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना
Latest NewsJust now

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

• गण्डकी प्रदेश सरकारले संघीय सरकारमाथिको आर्थिक परनिर्भरता घटाउँदै आत्मनिर्भरता बढाउने उद्देश्यले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ। • नयाँ कार्यालयले आन्तरिक आम्दानी वृद्धि, राजस्व संकलनको व्यवस्थापन र करको दायरा विस्तारमा केन्द्रित हुनेछ। • मुख्यमन्त्री पाण्डेले प्रदेशको आर्थिक विकासका लागि आफ्नै आम्दानीका स्रोत पहिचान गर्न आवश्यक रहेको बताएका छन्। ...

नेपालबहस
डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार
Latest NewsJust now

डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार

• डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जनामध्ये चार जना पक्राउ परेका छन्। • मंगलबार र बुधबार दुई-दुई जना पक्राउ परेका छन्, जबकि चार जना अझै फरार छन्। • फरार व्यक्तिहरूको खोजीका लागि प्रहरीले विभिन्न क्षेत्रमा टोली परिचालन गरेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play