Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेको छ । मुख्यमन्त्री यादवले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज स्वीकृत गर्नुभएको हो । राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुभएको हो । संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रदेश प्रमुखले इच्छुक प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी पेस गर्न २०८३ साल मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्मको समयसीमा तोकेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फिल्म प्रचारको शैलीप्रति सामाजिक सञ्जालमा चर्को आलोचना
Latest NewsJust now

फिल्म प्रचारको शैलीप्रति सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौँ । हास्यप्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रमबाट अभिनेत्री गौरी मल्लसहित अन्य कलाकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटना वास्तविक नभई प्रचारको एउटा ‘फन्डा’ मात्र भएको खुलेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा... ...

रातोपाटी
जलवायु विपद्का पीडितलाई ऋण होइन, अनुदान दिनुपर्ने नेपालको माग
Latest NewsJust now

जलवायु विपद्का पीडितलाई ऋण होइन, अनुदान दिनुपर्ने नेपालको माग

काठमाठौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित तथा जोखिममा रहेका देशलाई हानि तथा नोक्सानी कोषमार्फत ऋण नभई अनुदान उपलब्ध गराउन माग गरेकी छन् । टर्किएमा जारी जलवायु... ...

रातोपाटी
रुसको अन्तरिक्ष अभियानमा निजी क्षेत्रको फड्को, दुई उपग्रह प्रक्षेपण
Latest NewsJust now

रुसको अन्तरिक्ष अभियानमा निजी क्षेत्रको फड्को, दुई उपग्रह प्रक्षेपण

रुसले शनिबार सुदूरपूर्वी क्षेत्रमा रहेको भोस्तोच्नी अन्तरिक्ष केन्द्रबाट ‘सोयुज–२.१बी’ रकेटमार्फत निजी क्षेत्रका कम्पनीले विकास गरेका दुई पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण गरेको छ । रुसको राष्ट्रिय अन्तरिक्ष परियोजनाअन्तर्गत निजी क्षेत्रका उपग्रह प्रक्षेपणका... ...

रातोपाटी
सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी मन्त्री भारत जाने
Latest NewsJust now

सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी मन्त्री भारत जाने

इस्लामावाद । पाकिस्तानले आगामी साता भारतमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन एक मन्त्रीलाई नयाँदिल्ली पठाउने भएको छ । इस्लामाबादले शनिबार यसको पुष्टि गरेको हो । गत वर्ष दुई देशबीच... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play