Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

मधेस प्रदेश सरकार गठनबारे छलफल भइरहेको छ : प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस प्रदेश सरकार गठनबारे छलफल भइरहेको छ : प्रचण्ड
Photo / Coverage: केन्द्रबिन्दु

महोत्तरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका निम्ति बर्दिबास आएका उनले सोमबार (कात्तिक १६) सञ्चारकर्मीसँग दलहरूबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे । उनले भने, “हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ ।” संयोजक प्रचण्डले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिहेको बताए । “यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक सांगठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ,” उनले भने, “यसै अभियानको धरातलबाट हामी लोकतान्त्रिक गणतन्त्र पक्षधरबीचको सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्नेछौँ ।” पार्टीले राष्ट्रिय जागरण अभियानअन्तर्गतको मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम बर्दिबासमा आज आयोजना गरेको छ । त्यस कार्यक्रममा मधेसभरिका पार्टीका केन्द्रीय सदस्य, मधेस प्रदेश कमिटीका पदाधिकारी र जिल्ला अध्यक्ष/संयोजक सहभागी हुने नेकपाका मधेस प्रदेश इन्चार्ज राजु खड्काले जानकारी दिए । कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी रहने जनाइएको छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित
Latest NewsJust now

दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित

काठमाडौं । दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) सम्पन्न भएको छ । अक्टोबर ३० देखि काठमाडौंस्थित रुसी हाउसमा आयोजित महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना... ...

रातोपाटी
स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)
Latest NewsJust now

स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)

हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फ... ...

गोरखापत्र
धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ
Latest NewsJust now

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी, कात्तिक १६ गते । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play