Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

मञ्जुश्रीको २० प्रतिशत लाभांश पारित

Share:WhatsAppFacebookX (Twitter)Telegram
मञ्जुश्रीको २० प्रतिशत लाभांश पारित
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसअन्तर्गत १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र पाँच प्रतिशत बोनस सेयर वितरण गरिने बताइएको छ । कम्पनीको उक्त निर्णयले सेयरधनीलाई प्रतिफल प्रदान गर्नुका साथै संस्थाप्रतिको विश्वास र सहकार्य थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै सभाले ४० करोड बराबरको ८.७५ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण हुने गरी अविमोच्य असञ्चिती अग्राधिकार सेयर नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियमनकारी निकायको स्वीकृतिपछि प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर
Latest NewsJust now

मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

महोत्तरी । फलमा अत्यन्त गुणकारी र पौष्टिकताले भरिपूर्ण मानिने केरा मधेसको मिथिला क्षेत्रका सबैतिर पाइन्छ । केराको राम्रो उत्पादन लिन नियमित गोडमेल आवश्यक हुन्छ । यो गोडमेलमा केराका झ्याङमा धेरै कोथा... ...

रातोपाटी
इजरायलमा नेतन्याहुलाई पन्छाएर विपक्षी आइजेनकोटलाई प्रधानमन्त्री बन्ने अनुमति
Latest NewsJust now

इजरायलमा नेतन्याहुलाई पन्छाएर विपक्षी आइजेनकोटलाई प्रधानमन्त्री बन्ने अनुमति

इजरायलमा विपक्षी नेता गादी आइजेनकोट इजरायलको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ।  राष्ट्रपति इसाक हर्जोगले अर्को सरकार गठनका लागि उनलाई रोजेका हुन्। आइजेनकोटलाई सरकार गठन गर्न ६ हप्ताको समय हुनेछ। यस अवधिमा उनले अन्य दलसँग मिलेर संसद्‌मा बहुमत प्रमाणित गर्नुपर्नेछ। सरकार गठन गर्न ६१ सांसदको समर्थन चाहिन्छ। गादी आइजेनकोटको गठबन्धनलाई ६... ...

नेपालखबर
पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
Latest NewsJust now

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण... ...

रातोपाटी
तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिने तयारी
Latest NewsJust now

तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई २४सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । तिहार तथा छठ पर्वका समयमा विद्युत् प्रणालीको नियमित ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play