Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिने तयारी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई २४सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । तिहार तथा छठ पर्वका समयमा विद्युत् प्रणालीको नियमित सञ्चालन र आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ । बैठकमा पर्वका समयमा विद्युत् आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको थियो । त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडिसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत् आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्तिको परिचालनबारे छलफल तथा समन्वय गरिएको छ । प्राधिकरणका अनुसार कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । विद्युत् आपूर्तिमा कुनै समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न उहाँले निर्देशन दिनुभएको छ । त्यस्तै, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका कार्य तत्काल सम्पन्न गरी विद्युत् आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिइएको छ । विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमितरूपमा उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउनसमेत सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ । प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार सात सय मेगावाट रहने अनुमान गरिएको छ । उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । सो अवधिमा विद्युत् उत्पादन करिब दुई हजार पाँच सय मेगावाट हुने प्रक्षेपण गरिएको छ । उहाँले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने उल्लेख गर्नुभयो । पर्व अवधिभर विद्युत् माग तथा आपूर्ति अवस्थाको नियमित अनुगमन गर्न एलडिसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिने पनि प्राधिकरणले जनाएको छ । प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको छ । यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैं मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भरोसायोग्य साथी कुकुर
Latest NewsJust now

भरोसायोग्य साथी कुकुर

काठमाडौँ, कात्तिक २२ गते । घरको सुरक्षा होस् वा अपराध अनुसन्धान, प्राकृतिक विपत्तिमा खोजी होस् वा भग्नावशेषमा पुरिएका मानिसको उद्धार । कुकुर मानिसको भरोसायोग्य साथी बन्दै आएको छ ।... ...

गोरखापत्र
नियममा बाँधिएपछि टोल बन्यो सुन्दर
Latest NewsJust now

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

दाङ । दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ । करिब १४० घरपरिवार रहेका यो टोलका बाटाघाटा सफा छन्, ठाउँठाउँमा स्ट्यान्डसहितका डस्टबिन राखिएका छन्... ...

रातोपाटी
आज कुकुर तिहार पर्व मनाइँदै
Latest NewsJust now

आज कुकुर तिहार पर्व मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर तिहार पर्व मनाइँदैछ । घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर आज सम्मान गरिन्छ।  कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।  समितिका अध्यक्ष सहप्रा... ...

नेपालखबर
तिहारको उज्यालो, सद्भावको सन्देश
Latest NewsJust now

तिहारको उज्यालो, सद्भावको सन्देश

शरद ऋतु नेपाली समाजका प्रमुख चाडपर्वहरूको याम हो । बडादशैँको उल्लासमय समापनसँगै अहिले देशभर दीपावली अर्थात् तिहारको रौनक छाएको छ । अविरल वर्षा, बाढीपहिरो र त्यसबाट जनजीवनमा परेको प्रतिकूल प्रभावका कारण यस वर्षको दशैँ देशकै लागि अपेक्षाकृत असहज रह्यो । तथापि, तिहारको आगमनसँगै नेपाली समाजमा पुनः आशा, उत्साह, उमंग र उज्यालोको सञ्चार भइरहेको छ । दशैँको समापनको करिब पन्ध्र दिनपछि ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play