Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

मकवानपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, सात घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
मकवानपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, सात घाइते
Photo / Coverage: पर्दाफास

मकवानपुरमा बिहीवार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै, चुरियामाई र रातमाटेको बीच जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीवार बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको सुमोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही स्थानकी २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन् । दुर्घटनामा सुमो चालकसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रनिगाहपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन् । घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । यसैगरी, चुरियामाई र रातमाटेको बीच जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको वागमती प्रदेश ०१–००६ ख ९८३६ नम्बरको ईभी गाडी र बागमती प्रदेश ०२–०३७ प ८५२८ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । मकवानपुरमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ्दै गएका छन् । गत कात्तिक २६ गते मात्रै भीमफेदी गाउँपालिकामा भएको अर्को सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाबुको सुरक्षाका लागि इमरान खानका छोराको अपिल
OthersJust now

बाबुको सुरक्षाका लागि इमरान खानका छोराको अपिल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै उनको सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्। ...

अनलाइन खबर
सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : ओली
OthersJust now

सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा पार्टी नरहेको बताएका छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले एमाले देशको प्रमुख प्रतिपक्षी दल भएकाले सरकारका गलत कामकारबाहीको सशक्त प्रतिवाद गर्ने बताएका हुन् । उनले एमाले निर्वाचनमा पराजित हुनुको कारण जनताबाट टाढिनु मात्र नभएको जिकिर गरे । निर्वाचनअघि नै ...

पर्दाफास
किन फेरि भाइरल भयो दानबहादुर कार्कीको गीत ‘आमा, म त फर्केर आएँ ’ ?
OthersJust now

किन फेरि भाइरल भयो दानबहादुर कार्कीको गीत ‘आमा, म त फर्केर आएँ ’ ?

सोसल मिडियाको जमाना छ । हाँस्नुपर्ने कुरालाई रुवाइदिन्छ । रोएको कुरालाई हँसाइदिन्छ । गम्भीर विषयलाई हल्काफुल्का बनाइदिन्छ । हल्का विषयलाई जटिल बनाइदिन्छ । यो सोसल मिडिया पनि जलप्राणी ‘अमिबा’ जस्तै छ, जसको आकार–प्रकार कस्तो हुन्छ भनी ठ्याक्कै अनुमान गर्न सकिँदैन । एकातिर बोलेको कुरा अर्कोतिर कसरी पुग्छ ? टुङ्गो हुँदैन । यस्तै भइदियो दानबहादुर कार्कीको… ...

अनलाइन खबर
चोटका कारण सोमपालले राइजिङ स्टार्स एसिया कप नखेल्ने
OthersJust now

चोटका कारण सोमपालले राइजिङ स्टार्स एसिया कप नखेल्ने

३ मंसिर, काठमाडौं । कतारमा जारी एसीसी पुरुष राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोलीबाट सोमपाल कामी बाहिरिएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत चितवन विरुद्ध भएको अन्तिम खेलमा घाइते भएपछि सोमपालले प्रतियोगिता गुमाउने भएका हुन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमपालको स्थानमा प्रतिश जीसीलाई टोलीमा छनोट गरेको जनाएको छ। यसअघि ट्राभलिङ… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play