Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

मंसिरमा ‘गरिमा रोड रेस २०८३’

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंसिरमा ‘गरिमा रोड रेस २०८३’
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ गरिमा विकास बैंकले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवमा गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी मंसिर ५ गते काठमाडौंमा सञ्चालन हुने बताइएको छ । स्वस्थ जीवन शैली प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले विकास बैंकले २०८१ सालदेखि प्रतियोगिता सुरुवात गरेको हो । यस वर्षको प्रतियोगितामा खुला र कर्पोरेटतर्फ गरी करिब १५ सय धावकको सहभागिता रहने बैंकले अपेक्षा गरेको छ । बैंकका अनुसार प्रतियोगिता खुला तथा कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ । खुलातर्फ महिला तथा पुरुष दुवै समूहका लागि १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका लागि पाँच किलोमिटर दूरी निर्धारण गरिएको छ । कर्पोरेट विधातर्फ नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बीमा कम्पनी, पेमेन्ट सर्भिस प्रोभाइडर र पेमेन्ट सिस्टम अपरेटर्समा कार्यरत स्थायी कर्मचारीमात्र सहभागिताका लागि योग्य हुनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकलाई आकर्षक नगद पुरस्कारका साथै दौड पूरा गर्ने धावकलाई सर्टिफिकेट र मेडलसमेत व्यवस्था गरिएको छ । खुलातर्फ महिला तथा पुरुष दुवै समूहका प्रथम हुने विजेतालाई जनही ५० हजार, द्वितीयलाई ३५ हजार, तृतीयलाई २० हजार, चौथोलाई १५ हजार र पाँचौँलाई १० हजार नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । त्यसैगरी, कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहमा प्रथम हुने विजेतालाई ३० हजार, द्वितीयलाई जनही २० हजार, तृतीयलाई १५ हजार, चौथोलाई १० हजार र पाँचौँलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । खुलातर्फको १० किलोमिटर दौड विकास बैंकको केन्द्रीय कार्यालय रहेको भवन, बालुवाटारबाट सुरु भई बुढानीलकण्ठ नगरपालिका ३ को कार्यालय भवन परिसरसम्म पुगेर सोही मार्ग हुँदै पुनः बालुवाटारमा समापन हुने बताइएको छ । त्यस्तै, कर्पोरेटतर्फको पाँच किलोमिटर दौड बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर सोही मार्ग हुँदै बालुवाटारमा समापन हुने बताइएको छ । प्रतियोगिता थप व्यवस्थित, प्रतिस्पर्धात्मक तथा प्रभावकारी बनाउन बैंकले एनआरएस स्पोर्ट्स फाउण्डेसनसँग सहकार्य गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर
Latest NewsJust now

मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

महोत्तरी । फलमा अत्यन्त गुणकारी र पौष्टिकताले भरिपूर्ण मानिने केरा मधेसको मिथिला क्षेत्रका सबैतिर पाइन्छ । केराको राम्रो उत्पादन लिन नियमित गोडमेल आवश्यक हुन्छ । यो गोडमेलमा केराका झ्याङमा धेरै कोथा... ...

रातोपाटी
इजरायलमा नेतन्याहुलाई पन्छाएर विपक्षी आइजेनकोटलाई प्रधानमन्त्री बन्ने अनुमति
Latest NewsJust now

इजरायलमा नेतन्याहुलाई पन्छाएर विपक्षी आइजेनकोटलाई प्रधानमन्त्री बन्ने अनुमति

इजरायलमा विपक्षी नेता गादी आइजेनकोट इजरायलको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ।  राष्ट्रपति इसाक हर्जोगले अर्को सरकार गठनका लागि उनलाई रोजेका हुन्। आइजेनकोटलाई सरकार गठन गर्न ६ हप्ताको समय हुनेछ। यस अवधिमा उनले अन्य दलसँग मिलेर संसद्‌मा बहुमत प्रमाणित गर्नुपर्नेछ। सरकार गठन गर्न ६१ सांसदको समर्थन चाहिन्छ। गादी आइजेनकोटको गठबन्धनलाई ६... ...

नेपालखबर
पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
Latest NewsJust now

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण... ...

रातोपाटी
तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिने तयारी
Latest NewsJust now

तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई २४सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । तिहार तथा छठ पर्वका समयमा विद्युत् प्रणालीको नियमित ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play