Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

भोटेकोसी बाढीपीडितलाई जग्गा उपलब्ध गराउन थापाको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोसी बाढीपीडितलाई जग्गा उपलब्ध गराउन थापाको माग
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोटेकोसी बाढीबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्न जग्गा उपलब्ध गराउनुपर्ने बताएका छन्। आइतबार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि थापाले सार्वजनिक जग्गा नभए निजी जग्गा खरिद गरेर भए पनि पीडितलाई दिनुपर्नेमा जोड दिएका हुन्। थापाले बस्ती बसाल्नुअघि सडकको मार्ग तय गरिनुपर्ने बताए। उनले भने, ‘अब बन्ने सडक कहाँबाट कहाँसम्म बन्ने हो, पहिले त्यो टुंगो हुनुपर्ने देखिन्छ। बाटो बन्न समय लाग्ला, तर यहाँबाट बन्छ भन्ने टुंगो भइसकेपछि बस्ती कहाँ-कहाँ बस्ने भन्ने कुरा आउँछ।’ उनले सार्वजनिक जग्गाको तथ्यांक खोजी गर्न समय नलाग्ने उल्लेख गर्दै जग्गा व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताए। बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएको आरोप लगाउँदै थापाले आफू दोस्रो पटक प्रभावित क्षेत्रमा आएको स्पष्ट पारे। उनले भने, ‘म अहिले यहाँ आएको कारण खासगरी संघीय सरकारमा के धारणा रह्यो भने विपद्पछि जे गर्नुपर्ने हो, गरिसक्यौँ, तल कुनै पनि समस्या छैन र सामान्य हिसाबले भइहाल्छ भन्ने जसरी भान परेको हो वा भान पार्न खोजेको हो, थाहा छैन।’ विपद्का घटनामा सुरुमा चासो देखिए पनि पछि ओझेलमा पर्ने गरेको भन्दै उनले गुनासो गरे। गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। थापाले प्रभावित क्षेत्रको अवलोकनपछि विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने जानकारी दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतीय विदेशमन्त्री जयशंकरले भने : नेपालसँगको विशेष मित्रतालाई भारतले सदैव कदर गर्छ
Latest NewsJust now

भारतीय विदेशमन्त्री जयशंकरले भने : नेपालसँगको विशेष मित्रतालाई भारतले सदैव कदर गर्छ

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपाल–भारतबिचको विशेष मित्रतालाई भारतले सदैव कदर गर्ने बताएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा... ...

रातोपाटी
प्रधानमन्त्रीलाई भव्य रिसेप्सन, नेपाली श्रमिकलाई पाइला–पाइलामा सास्ती
Latest NewsJust now

प्रधानमन्त्रीलाई भव्य रिसेप्सन, नेपाली श्रमिकलाई पाइला–पाइलामा सास्ती

भारतमा ज्याला, रोजगारीको ग्यारेन्टी र सुरक्षाका लागि संघर्षरत नेपालीले यसपटक प्रधानमन्त्रीसमक्ष आफ्ना दुःख सुनाउने प्रत्यक्ष अवसर पाउने छैनन् । ...

कान्तिपुर
सशस्त्र द्वन्द्वपीडितहरू भन्छन्, ‘कि सास देऊ कि लास’
Latest NewsJust now

सशस्त्र द्वन्द्वपीडितहरू भन्छन्, ‘कि सास देऊ कि लास’

काठमाडौँ । नेपालमा सशस्त्र द्वन्द्व सुरु भएको ३१ वर्ष र विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्दा पनि झन्डै तीन हजार बेपत्ता नागरिकको अवस्था अज्ञात छ । समय फेरियो, व्यवस्था... ...

रातोपाटी
समाचारप्रति माननीय खत्रीको आपत्ति
Latest NewsJust now

समाचारप्रति माननीय खत्रीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा सदस्य राजीव खत्रीले सिंहदरबार अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै यसको खन्डन गरेका छन् । डिडिसीको नाम... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement