Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

भारतसँग नेपाल यू-१९ महिला टोली पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतसँग नेपाल यू-१९ महिला टोली पराजित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतको बेंगलुरुमा जारी यू-१९ महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपाली टोलीले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाल भारत ‘ए’सँग १२५ रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ले निर्धारित २० ओभरमा २०५ रन बनाएको थियो । भारतीय टोलीका ब्याटरहरूले आक्रामक प्रदर्शन गर्दै नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेका थिए । जवाफमा नेपाली टोलीले अपेक्षित ब्याटिङ गर्न सकेन । नेपालले सय रनको आँकडासमेत पार गर्न नसक्दा ठूलो अन्तरको हार बेहोर्नुपर्‍यो । यसअघि प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारत ‘बी’सँग नौ विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाएर ४९ रन मात्रै बनाएको थियो । भारत ‘बी’ले पाँच ओभरमै एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । चीनमा सम्पन्न बेल्ट एन्ड रोड यू-१९ महिला टी-२० सिरिजमा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीका लागि भारतको सिरिज भने चुनौतीपूर्ण बनेको छ । चीनमा नेपालले चार खेल जितेको थियो भने दुई खेल वर्षाका कारण नतिजाविहीन भएका थिए । भारतको सिरिजमा नेपालले घरेलु टोलीका यू-१९ ‘ए’ र ‘बी’ टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ । आगामी वर्ष नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपको तयारीका रूपमा यो सिरिजलाई हेरिएको छ । विश्वकपअघि बलिया टोलीसँग खेल्ने अवसरले नेपाली खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने र कमजोरी सुधार्ने मौका दिनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सगरमाथा आधार शिविर पुगे डेभिड मिलर
Latest NewsJust now

सगरमाथा आधार शिविर पुगे डेभिड मिलर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर शनिबार सगरमाथा आधार शिविर पुगेका छन् । कर्णाली याक्सबाट एनपीएल खेलिरहेका मिलरले नेपालको... ...

रातोपाटी
हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)
Latest NewsJust now

हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)

मकवानपुरको हेटौंडास्थित राप्ती नदी किनारमा छठ पर्व मनाउन सम्पूर्ण तयारी गरिएको छ। छठ पूजाका लागि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती तटमा ७ सय फिट लामो पाण्डाल निर्माण गरिएका छन्। संयुक्त मधेसी सेवा समाज नेपाल मकवानपुर र छठ पूजा समारोह समितिको आयोजनामा हुने छठ पूजाका लागि ७ सय फिट लामो पाण्डाल तयार गरिएको हो। यसको चौडाइ २० फिड रहेको संयुक्त मधेशी ... ...

नेपालखबर
पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न ओलीको निर्देशन
Latest NewsJust now

पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीका उम्मेदवारलाई भोट नदिने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीमा बसेर पार्टीकै विरोध गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्। पार्टी नछाड्ने तर चुनावमा अन्य दलका उम्मेदवारलाई भोट […] ...

लोकपथ
समर्थन गुमाएपछि मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
Latest NewsJust now

समर्थन गुमाएपछि मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

• मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सत्ता गठबन्धनका दुई दल एमाले र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका छन्। • यादवको राजीनामा पछि मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। • यादव पाँचौँ मुख्यमन्त्री बनेका छन् जसले विश्वासको मत प्राप्त गर्न नसकेर पद छाडेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play