Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भारतलाई हराउँदै श्रीलंका ए एसिया कप राइजिङ स्टार्सको फाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतलाई हराउँदै श्रीलंका ए एसिया कप राइजिङ स्टार्सको फाइनलमा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । श्रीलंका ए ले भारत ए लाई ८ विकेटले पराजित गर्दै एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । सेमिफाइनलमा भारत ए ले दिएको ३१८ रनको लक्ष्य श्रीलंका एले ४१.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । श्रीलंकाको जितमा लसिथ क्रुसपुले ११६ र सिनेथ जयवर्धनेले १०५ रनको शतकीय पारी खेलेका थिए । निशान मधुस्काले अविजित ५८ तथा कप्तान पवन रत्नायकेले अविजित ३१ रन बनाए। पहिलो विकेटका लागि क्रुसपुले र जयवर्धनेले १७४ रनको साझेदारी गरेका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत एले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो । भारतका अभिषेक शर्माले ७८, शहबाज अहमदले अविजित ५४ तथा कप्तान तिलक वर्माले ५३ रन बनाए । वैभव सूर्यवंशीले ४० रनको योगदान दिएका थिए । श्रीलंकाका बलर रविन्दु फर्नान्डो, जनिथ लियानागे र निपुन धनञ्जयले दुई-दुई विकेट लिए । भारतको हारमा कमजोर बलिङ मुख्य कारण बन्यो । हर्षित राणाले ७ ओभरमा ६१ रन खर्चेर एक विकेट मात्र लिए । श्रीलंका ए ले अब फाइनलमा पाकिस्तान ए र बंगलादेश ए बीचको दोस्रो सेमिफाइनल विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल आज हुदैछ । The post भारतलाई हराउँदै श्रीलंका ए एसिया कप राइजिङ स्टार्सको फाइनलमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
Latest NewsJust now

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय)... ...

रातोपाटी
गोलबजारमा ठक्कर दिएर फरार स्कर्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु
Latest NewsJust now

गोलबजारमा ठक्कर दिएर फरार स्कर्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर प्लेट नखुलेको सिल्भर कलरको स्कर्पियोले साइकलमा सवार बसन्त महरालाई ठक्कर दिएको थियो । ...

कान्तिपुर
कुन तरकारीको मूल कति पुग्यो ?
Latest NewsJust now

कुन तरकारीको मूल कति पुग्यो ?

सुकेको भारतीय प्याज ९० रुपैयाँ, लोकल गाजर १ सय रुपैयाँ र तराईको गाजर १ सय २० रुपैयाँ तोकिएको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement