काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन गरिएको पहलपछि भारतीय आयल कर्पोरेसनले एकै दिन १६१ बुलेट ग्यास लोड गरेको छ । नेपाल आयल निगमका अनुसार नोभेम्बर २६ मा १६१ बुलेट ग्यास लोडिङ भएको हो । सामान्य अवस्थामा दैनिक औसत ११० देखि १२० बुलेट मात्रै लोड हुँदै आएको थियो । निगमले भारतीय आयल कर्पोरेसनसँग समन्वय गरी लोडिङ बढाउन अनुरोध गरेको थियो । लोडिङमा भएको वृद्धिले बजारमा ग्यास आपूर्ति व्यवस्थापन सहज हुने निगमको अपेक्षा छ । निगमका अनुसार हाल बजारमा ग्यासको बिक्री वितरण नियमित रहेको छ । सरकारले ग्यासको माग र आपूर्तिको अवस्थालाई नियमित अनुगमन गर्दै आयात, ढुवानी र वितरण प्रणाली प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गरिरहेको जनाएको छ । The post भारतबाट एकैदिन १६१ बुलेट एलपी ग्यास लोडिङ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
भारतबाट एकैदिन १६१ बुलेट एलपी ग्यास लोडिङ

Read Complete Original Article
Published originally on कर्पोरट खबर






