Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

भारतद्वारा सौर्य उत्पादन शृङ्खलाको संरचना ठुलो लगानी, उपकरण ९५ प्रतिशतभन्दा बढीले घटाउने लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतद्वारा सौर्य उत्पादन शृङ्खलाको संरचना ठुलो लगानी, उपकरण ९५ प्रतिशतभन्दा बढीले घटाउने लक्ष्य
Photo / Coverage: टक्सार

काठमाडौँ । भारतले सौर्य उपकरणमा हुने वार्षिक ४.४ अर्ब अमेरिकी डलर बराबरको आयात खर्चलाई आगामी दुई दशकभित्र ९५ प्रतिशतभन्दा बढीले घटाउन सक्ने प्रक्षेपण गरिएको छ । यससँगै स्वदेशी सौर्य उत्पादन उद्योगमा ८९ अर्ब डलर लगानी भित्रिने र ३२.३ लाख रोजगारी सिर्जना हुने अनुमान छ । भारतीय सौर्य उर्जा उत्पादक सङ्का अनुसार यदि सरकारी नीतिगत समर्थन निरन्तर रह्यो र स्वदेशी उत्पादन क्षमता सौर्य प्यानलबाट अघि बढेर सौर्य सेल, वेफर र पोलिसिलिकन सम्म विस्तार गर्न सकियो भने सन् २०४० को प्रारम्भसम्म यो आयात खर्च ९५ प्रतिशतभन्दा बढीले घट्न सक्ने अनुमान छ । मंगलबार सार्वजनिक गरिएको ‘सोलार म्यानुफ्याक्चरिङ भिजन २०४७’ प्रतिवेदनअनुसार स्वदेशी सौर्य उत्पादन उद्योगको विस्तारले सन् २०४७ सम्म करिब ८९ अर्ब अमेरिकी डलर बराबरको लगानी आकर्षित गर्न सक्नेछ। साथै यस क्षेत्रबाट ३२.३ लाख रोजगारी सिर्जना हुने प्रक्षेपण पनि गरिएको छ । प्रतिवेदनअनुसार सन् २०२७ देखि २०४७ सम्म नयाँ सौर्य उत्पादन केन्द्र (म्यानुफ्याक्चरिङ प्लान्ट) स्थापना गर्न वार्षिक औसत ४.३ अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्नेछ। प्रस्तावित कुल लगानीमध्ये करिब ७० प्रतिशत हिस्सा सौर्य सेल, इन्गट, वेफर र पोलिसिलिकन उत्पादन मा खर्च हुने अनुमान गरिएको छ, जहाँ भारतको स्वदेशी उत्पादन क्षमता अझै विकासकै चरणमा रहेको छ। हाल भारतसँग २३३ गिगावाटभन्दा बढी सौर्य मोड्युल उत्पादन क्षमता र ५० गिगावाटभन्दा बढी सौर्य सेल उत्पादन क्षमता रहेको छ । देशका पहिलो इन्गट र वेफर उत्पादन केन्द्रहरू सञ्चालनमा आइसकेका छन् भने पोलिसिलिकन उत्पादन केन्द्रहरू निर्माणको चरणमा रहेका छन् ।प्रतिवेदनले सौर्य उत्पादन उद्योगसँग सम्बन्धित रोजगारी हालको करिब ४ लाख बाट बढेर सन् २०३० सम्म ७.४ लाख र सन् २०४७ सम्म ३२.३ लाख पुग्ने प्रक्षेपण गरेको छ । त्यसैगरी, सौर्य कारखानामै प्रत्यक्ष रूपमा सिर्जना हुने रोजगारी सङ्ख्या हालको १.४ लाख बाट बढेर सन् २०४७ सम्म ११.१ लाख पुग्ने अनुमान गरिएको छ। यो तथ्याङ्कअनुसार भारतले सौर्य उत्पादन शृङ्खलाको सम्पूर्ण संरचना स्वदेशमै विकास गर्न ठुलो लगानी गर्दैछ, जसबाट आयातमा निर्भरता घट्नुका साथै लाखौं रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत
Latest NewsJust now

ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत

सीबीएसको प्रक्षेपणअनुसार डेमोक्र्याटले कम्तीमा २१८ सिट जित्ने देखिएपछि दुई वर्षदेखि रिपब्लिकनको नियन्त्रणमा रहेको सदन परिवर्तन हुने भएको छ। ...

कान्तिपुर
महिलाको हत्यामा संलग्न चार जना पक्राउ
Latest NewsJust now

महिलाको हत्यामा संलग्न चार जना पक्राउ

भैरहवा । रुपन्देहीमा एक महिलाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिका–५ स्थित... ...

सिंहदरबार न्युज
तिहार लक्षित भेडाच्याङ्ग्रा बिक्री सुरु, मुस्ताङबाट तीन हजार बजारमा
Latest NewsJust now

तिहार लक्षित भेडाच्याङ्ग्रा बिक्री सुरु, मुस्ताङबाट तीन हजार बजारमा

मुस्ताङ समाचारदाता मुस्ताङ (मुक्तिनाथ), कात्तिक १८ गते । नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारका लागि मुस्ताङबाट १५ सयभन्दा बढी भेडाच्याङग्रा बिक्री भएको छ । दसैंमा १४ हजार भेडाच्याङ्... ...

गोरखापत्र
गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना
Latest NewsJust now

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

पोखरा । संघीय सरकारमाथिको आर्थिक परनिर्भरता घटाउँदै प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play