Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भाटभटेनीको ढुवानीमा १४ फोटोन विद्युतीय सवारी, सञ्चालन खर्च घटाउने लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाटभटेनीको ढुवानीमा १४ फोटोन विद्युतीय सवारी, सञ्चालन खर्च घटाउने लक्ष्य
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। भाटभटेनीले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा प्रयोग गर्न ती सवारीसाधन लिएको हो। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले व्यावसायिक ढुवानीमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्ने उद्देश्यसहित सहकार्य गरिएको जनाएको छ। कम्पनीका अनुसार विद्युतीय सवारीले इन्धनमा आधारित ढुवानीको विकल्प दिनुका साथै सञ्चालन खर्च न्यूनीकरणमा सहयोग पुर्‍याउनेछन्। हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनीसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न योगदान दिने बताए। उनले एकैपटक १४ वटा सवारी हस्तान्तरण हुनुलाई दिगो यातायातप्रतिको व्यावसायिक क्षेत्रको बढ्दो विश्वासका रूपमा व्याख्या गरे। नेपाली व्यवसायको आवश्यकताअनुसार विश्वसनीय र आधुनिक विद्युतीय सवारी उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको उनको भनाइ छ। भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकता दिँदै आएको बताए। फोटोनसँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। उनका अनुसार ढुवानी तथा वितरणमा विद्युतीय सवारी समावेश गर्ने पहलले अन्य व्यवसायलाई पनि यस्ता सवारी प्रयोग गर्न प्रोत्साहित गर्न सक्छ। कम्पनीले वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र कार्यक्षमताका आधारमा आफ्ना विद्युतीय सवारी व्यावसायिक ढुवानीका लागि उपयोगी हुने दाबी गरेको छ। भाटभटेनीसँगको सहकार्यबाट विद्युतीय व्यावसायिक सवारी बजारमा आफ्नो उपस्थिति विस्तार हुने अपेक्षा फोटोन मोटर्स नेपालले गरेको छ। The post भाटभटेनीको ढुवानीमा १४ फोटोन विद्युतीय सवारी, सञ्चालन खर्च घटाउने लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युगान्डाले सोमालियाबाट आफ्ना सेना फिर्ता गर्न थाल्यो
Latest NewsJust now

युगान्डाले सोमालियाबाट आफ्ना सेना फिर्ता गर्न थाल्यो

काठमाडौँ । युगान्डाले सोमालियामा तैनाथ आफ्ना सेना फिर्ता गर्न थालेको जनाएको छ । सोमालियामा विद्रोहीविरुद्धको अन्तर्राष्ट्रिय सैन्य अभियानमा युगान्डा प्रमुख योगदानकर्ता रहँदै आएको थियो । सन् २००७ मा अफ्रिकी सङ्घले सोमालियामा... ...

रातोपाटी
धनगढीको फूलबारीमा आधारभूत नगर अस्पताल सञ्चालनमा
Latest NewsJust now

धनगढीको फूलबारीमा आधारभूत नगर अस्पताल सञ्चालनमा

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा फूलबारी नगर अस्पताल सञ्चालनमा ल्याएको छ । सोमबार यहाँ आयोजित एक समारोहमा १५ शय्यासहित आधारभूत अस्पताल सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा उपमहानगर प्रमुख गोपाल... ...

रातोपाटी
सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै
Latest NewsJust now

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर । महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ५ देखि... ...

रातोपाटी
एचआइभी रोकथामको लागि सस्तो सुईलाई स्वीकृति
Latest NewsJust now

एचआइभी रोकथामको लागि सस्तो सुईलाई स्वीकृति

काठमाडौँ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सोमबार एचआइभी रोकथामको लागि वर्षमा दुई पटक लगाइने सुईको सस्तो जेनेरिक संस्करणलाई स्वीकृति दिएको छ । योसँगै यस औषधिलाई कम आय भएका देशहरूमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play