काठमाडौं, मंसिर १ । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिले टंगालस्थित स्टोरको ग्रोसरी सेवा चौबिसै घण्टा सञ्चालन गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ । कम्पनीले मंगलबार (मंसिर १) देखि नै टंगाल स्टोरको ग्रोसरी सेवा २४ घण्टा सञ्चालन गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि योजना स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले ग्राहकलाई सहज, सुविधाजनक र गुणस्तरीय सेवा दिने उद्देश्यले चौबिसै घण्टा सेवा सञ्चालनको तयारी गरिएको बताउनुभयो । तर, प्राविधिक समस्या देखिएपछि तत्कालका लागि योजना रोक्नुपरेको उहाँको भनाइ छ । आवश्यक तयारी पूरा गरी छिट्टै नै २४ घण्टा सेवा सञ्चालनको नयाँ मिति सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
भाटभटेनीको टंगाल स्टोर २४ घण्टा सञ्चालन गर्ने योजना स्थगित

Read Complete Original Article
Published originally on जनताटाइम्स






