Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भक्तपुरमा ३३ लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुरमा ३३ लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले ३३ लाख रुपैयाँ घुस लिएको आरोपमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसहित चार जनालाई पक्राउ गरेको छ। आयोगको टोलीले सोमबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित निकोसेराबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। अख्तियारको टोलीले नगरपालिकाबाट बाहिरिएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा ईभी कारलाई निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिक रोकेर जाँच गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार अख्तियारका कर्मचारीहरूले दुईवटा मोटरसाइकल र एउटा गाडी प्रयोग गरी उक्त कारलाई पछ्याउँदै ओभरटेक गरेर रोकेका थिए। गाडीको खानतलासी गर्दा ३३ लाख रुपैयाँ बरामद भएको थियो। अख्तियारको टोलीले सडक किनारमै रकम राखेर मुचुल्का तयार पारेको थियो, जसमा केही घण्टा समय लागेको थियो। पक्राउ परेका अन्य तीन जनाको परिचय र बरामद रकमको स्रोतबारे अनुसन्धान भइरहेको छ। सोमबार रातिसम्म प्रहरीले यस घटनाबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युगान्डाले सोमालियाबाट आफ्ना सेना फिर्ता गर्न थाल्यो
Latest NewsJust now

युगान्डाले सोमालियाबाट आफ्ना सेना फिर्ता गर्न थाल्यो

काठमाडौँ । युगान्डाले सोमालियामा तैनाथ आफ्ना सेना फिर्ता गर्न थालेको जनाएको छ । सोमालियामा विद्रोहीविरुद्धको अन्तर्राष्ट्रिय सैन्य अभियानमा युगान्डा प्रमुख योगदानकर्ता रहँदै आएको थियो । सन् २००७ मा अफ्रिकी सङ्घले सोमालियामा... ...

रातोपाटी
धनगढीको फूलबारीमा आधारभूत नगर अस्पताल सञ्चालनमा
Latest NewsJust now

धनगढीको फूलबारीमा आधारभूत नगर अस्पताल सञ्चालनमा

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा फूलबारी नगर अस्पताल सञ्चालनमा ल्याएको छ । सोमबार यहाँ आयोजित एक समारोहमा १५ शय्यासहित आधारभूत अस्पताल सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा उपमहानगर प्रमुख गोपाल... ...

रातोपाटी
सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै
Latest NewsJust now

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर । महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ५ देखि... ...

रातोपाटी
एचआइभी रोकथामको लागि सस्तो सुईलाई स्वीकृति
Latest NewsJust now

एचआइभी रोकथामको लागि सस्तो सुईलाई स्वीकृति

काठमाडौँ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सोमबार एचआइभी रोकथामको लागि वर्षमा दुई पटक लगाइने सुईको सस्तो जेनेरिक संस्करणलाई स्वीकृति दिएको छ । योसँगै यस औषधिलाई कम आय भएका देशहरूमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play