Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय लुकाकुले सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्ग्याउने निर्णय सार्वजनिक गरेका हुन् । बेल्जियमका सर्वाधिक गोलकर्ता लुकाकुले राष्ट्रिय टोलीबाट १६ वर्ष खेले । उनले बेल्जियमका लागि १३५ खेलमा ९५ गोल गरेका छन् । उनी विश्वकपमा आठ र युरोपियन च्याम्पियनसिपमा ६ गोल गर्दै दुवै प्रतियोगितामा बेल्जियमका सर्वाधिक गोलकर्ता बनेका छन् । संन्यासको घोषणा गर्दै लुकाकुले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी १६ वर्षमा मैले राष्ट्रिय टोलीका लागि आफ्नो सबै क्षमता र मेहनत लगाएँ । यस अवधिमा मैले कल्पना गर्न सकिने हरेक भावना अनुभव गरेँ ।’ उनले आफूले असाधारण सहकर्मीसँग खेल्ने अवसर पाएको भन्दै उनीहरूप्रति सधैँ आभारी रहने बताएका छन् । टोलीलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने र आफूलाई विश्वास गर्ने सबै प्रशिक्षकलाई पनि उनले धन्यवाद दिएका छन् । बेल्जियमका समर्थकप्रति आभार व्यक्त गर्दै लुकाकुले चार विश्वकप र तीन युरोपियन च्याम्पियनसिपमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय भएको उल्लेख गरेका छन् । उनले ती क्षणहरू कहिल्यै नबिर्सने र अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुने निर्णयमा आफू सन्तुष्ट रहेको बताएका छन् । लुकाकुले बेल्जियमबाट चार विश्वकप र तीन युरोपियन च्याम्पियनसिप खेलेका छन् । उनको संन्याससँगै बेल्जियम फुटबलको एउटा महत्वपूर्ण अध्याय समाप्त भएको छ । यसअघि बेल्जियमका मिडफिल्डर एक्सेल विट्सेलले पनि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपलाई कार, २८ जनालाई बाइक र स्कुटर
Latest NewsJust now

म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपलाई कार, २८ जनालाई बाइक र स्कुटर

यसै अभियानमार्फत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । देशका विभिन्न स्थानका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । ...

कान्तिपुर
घोरेपानीबाट गाउँतिर मोडिँदै पर्यटक, लेसपारमा बढ्यो चहलपहल
Latest NewsJust now

घोरेपानीबाट गाउँतिर मोडिँदै पर्यटक, लेसपारमा बढ्यो चहलपहल

घोरेपानीबाट फर्कने आन्तरिक तथा विदेशी पर्यटक लेसपार, क्याङ, शालीजा र फलामेडाँडामा बस्दै पदयात्रा, होमस्टे र स्थानीय जीवनशैलीको अनुभव लिन थालेका छन्। ...

कान्तिपुर
ताप्लेजुङ तापेथोकमा ७ करोड लगानीमा शैक्षिक स्रोत केन्द्र बन्ने
Latest NewsJust now

ताप्लेजुङ तापेथोकमा ७ करोड लगानीमा शैक्षिक स्रोत केन्द्र बन्ने

हिमालयन ट्रस्ट यूकेको ८० प्रतिशत अनुदान र फक्ताङलुङ गाउँपालिकाको २० प्रतिशत लागतमा तापेथोकमा शैक्षिक स्रोत केन्द्र निर्माण गरिनेछ। ...

कान्तिपुर
स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लाबाट उम्मेदवारको नाम संकलन गर्ने जय नेपालको निर्णय
Latest NewsJust now

स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लाबाट उम्मेदवारको नाम संकलन गर्ने जय नेपालको निर्णय

काठमाडौं । जय नेपाल पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाबाट सम्भावित उम्मेदवारको नाम संकलन गर्ने निर्णय गरेको छ । पार्टीका सभापति डा. धवलशमशेर राणाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play