काठमाडौं । सभामुख डीपी अर्याल, गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल आज गोरखामा पुल शिलान्यास कार्यक्रममा सहभागी हुने भएका छन् । गोरखाको गण्डकी गाउँपालिकाअन्तर्गत शिउरेनिटार र धादिङलाई जोड्ने गरी बूढीगण्डकी नदीमाथि निर्माण हुन लागेको पुलको उनीहरूले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा सहभागी हुन गोरखा पुग्ने मन्त्रीहरूले बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी विषयमा सरोकारवालासँग छलफलसमेत गर्ने कार्यक्रम छ ।
बूढीगण्डकी पुल शिलान्यासमा सभामुख र दुई मन्त्री गोरखा जाँदै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



![६० जना एसपीको सरुवा, काठमाडौं र भक्तपुर परिसर प्रमुख फेरिए [सूचीसहित]](https://kendrabindu.com/wp-content/uploads/2024/04/Nepal-Police-Headquarter_fi.webp)


