काठमाडौँ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५० कम्पनीको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा बेनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
बिहीबार ३१.५४ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६९५.६० बिन्दुमा

Read Complete Original Article
Published originally on अर्थ सरोकार




![समान धारणा बनाउन जुटे संसदमा रहेका विपक्षी दलहरू [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/opponent-parliament-leaders-meeting-83-7-16%20(1).jpeg)
