Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

बाहुनडाँगीमा जंगली हात्तीको त्रास: सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाहुनडाँगीमा जंगली हात्तीको त्रास: सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च
Photo / Coverage: नेपालन्युज

झापा। मेचीनगर नगरपालिका-४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भू-भागबाट हात्ती नेपाल छिर्ने र स्थानीयवासीको घर भत्काउने पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन बुधबारदेखि नै सुरक्षा सतर्कता उच्च पारिएको जानकारी दिए। हात्तीको प्रवेशलाई पूर्ण रूपमा रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्‍यापिड रेस्पोन्स टिमलगायत विभिन्न संघसंस्था र स्थानीय किसानहरू सक्रिय रूपमा परिचालन भएका छन् । सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयवासीले हात्तीलाई नेपालतर्फ प्रवेश गर्न नदिन विभिन्न उपकरण र सवारीसाधनको प्रयोग गरी निगरानी तथा रोकथामको कार्य गरिरहेका छन् । रोकथाम तथा नियन्त्रणका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरी बलका दुई वटा ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरी बलका एक-एकवटा साइरन जडित सवारीसाधन, नेपाल प्रहरीको एउटा ठूलो साइरन तथा ९० भन्दा बढी ठूला लाइट प्रयोगमा ल्याइएको छ । त्यसैगरी, गस्ती र निगरानीलाई प्रभावकारी बनाउन तीन वटा ट्याक्टर तथा १० भन्दा बढी मोटरसाइकल पनि परिचालन गरिएको उनले जानकारी दिए। सम्भावित जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई पर्याप्त सुरक्षा सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनमा पटका पड्काउँदा बालक घाइते
Latest NewsJust now

चितवनमा पटका पड्काउँदा बालक घाइते

चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूवी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो । पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ । आगलागीबाट ...

केन्द्रबिन्दु
पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते
Latest NewsJust now

पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

पोखरा । पोखरामा बिहीबार बिहान जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । पोखरा २३ को दुण्डेफाँटमा घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग... ...

रातोपाटी
आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्य
Latest NewsJust now

आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्य

हरेक दिनजस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि पनि तरकारी तथा फलफूलको मूल्य तोकेको छ।  यस्तो छ मूल्य सूची कृषि उपज न्यूनतम अधिकतम औसत         गोलभेडा ठूलो(नेपाली) (के.जी.) रू ६० रू ७० रू ६५.०० ... ...

नेपालखबर
विद्युतीय गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच घाइते
Latest NewsJust now

विद्युतीय गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच घाइते

अनिल पराजुलीमकवानपुर, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –६, चिसापानी गढीमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play