Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे : शंकर पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे : शंकर पोखरेल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपाल दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक रूपमा लिए पनि सीमा समस्या, सन् १९५० को नेपाल–भारत सन्धि पुनरावलोकन तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचजस्ता विषयमा छलफल हुन नसकेको बताएका हुन्। उनले प्रधानमन्त्रीले काठमाडौँ महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राखेको सन्दर्भ उल्लेख गर्दै भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा र ऐतिहासिक सन्धिका विषय उठाउने अपेक्षा गरेको बताए। कम्तीमा सुगौली सन्धिपछिका विषयमा छलफल हुनुपर्ने उनको भनाइ थियो। नेपाली चिया, अलैँची तथा तरकारीले भारतीय बजारमा सहज प्रवेश पाउन नसकेको समस्या पनि भ्रमणको एजेन्डामा समेटिन नसकेको पोखरेलले बताए। सन् १९५० को सन्धिको विषयमा समेत प्रधानमन्त्रीले छलफल अघि बढाउन नसकेको उनको टिप्पणी थियो। प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि त्यसको कार्यान्वयनमा भने उनले आशङ्का व्यक्त गरे। विगतमा पनि यस्ता सहमति भए पनि कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै उनले भने, ‘एयर रुटको सहमति सकारात्मक भएको छ । तर कार्यान्वयन प्रमुख कुरा हो । पञ्चायतमा पनि यस्तो सहमति भएको थियो, तर कार्यान्वयनमा आएन।’ पोखरेलले विगतमा विदेशी ऋण लिनु हुँदैन भन्ने मान्यता राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अहिले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नुले उसको पुरानो धारणामा परिवर्तन आएको देखिएको बताए। विदेशी ऋण नेपालको विकासका लागि आवश्यक रहेको कुरा वर्तमान सरकारले समेत स्वीकार गरेको उनको भनाइ थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दक्षिण कोरियाद्वारा लडाकू विमान परिचालन
Latest NewsJust now

दक्षिण कोरियाद्वारा लडाकू विमान परिचालन

सियोल, मङ्सिर ८ गते । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य विमानलाई हटाउन मङ्गलबार लडाकू विमान परिचालन गरेको जनाएको छ । रूसी विमानले कोरियाली प... ...

गोरखापत्र
हङकङमा नेपालीको ‘पब्लिक इन्भेस्मेन्ट ग्रुप’ लगातार लाभांश वितरण गर्न सफल
Latest NewsJust now

हङकङमा नेपालीको ‘पब्लिक इन्भेस्मेन्ट ग्रुप’ लगातार लाभांश वितरण गर्न सफल

हङकङमा नेपालीहरूद्वारा सञ्चालित केही वित्तीय संस्था ओरालो लागिरहेका बेला ‘पब्लिक इन्भेस्मेन्ट ग्रुप लिमिटेड’ले भने सेयरधनीलाई लगातार आकर्षक नाफा वितरण गरिरहेको छ। यस क्रममा यही नोभेम्बर २२ (आइतबार) जोर्डनस्थित रिच गार्डेन बन्क्वेट हलमा आयोजित चौथो साधारणसभामा इन्भेस्टमेन्ट ग्रुपले आफ्ना सेयर सदस्यहरूलाई १२ प्रतिशत नगद लाभांश वितरण गरेको छ। पहिलो ... ...

नेपालखबर
मकरबहादुर दाइको सम्झना...
Latest NewsJust now

मकरबहादुर दाइको सम्झना...

पुराना यादहरूको सम्झाइ पनि एउटा तरङ्ग जस्तै हो । सायद यो सबैलाई हुँदोहोला या मलाई मात्र भएको हो तर सम्झनाको तरेलीहरू खातका खात छन्, मनमा । कुनचाहिँ खात कतिबेर सम्झन थालिन्छ, आफैँला... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement