Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

बाला चतुर्दशीका लागि पशुपति क्षेत्र विकास कोषले थाल्यो तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाला चतुर्दशीका लागि पशुपति क्षेत्र विकास कोषले थाल्यो तयारी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौँ । पशुपति क्षेत्रमा मङ्सिर २१ गते मनाइने बाला चतुर्दशी पर्वको तयारी सुरु गरिएको छ। पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिसँग सुरक्षा व्यवस्थापनसम्बन्धी बैठक गरेको छ। कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार पर्वका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनको सहज दर्शन, भीड व्यवस्थापन, शान्ति सुरक्षा तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल भएको छ। पर्व व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक तयारी अघि बढाइएको कोषले जनाएको छ। बाला चतुर्दशीका अवसरमा मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ दिवङ्गत पितृका नाममा बत्ती बाल्ने र रातभर जाग्राम बस्ने परम्परा छ। भोलिपल्ट चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर पर्व मनाइन्छ। यस वर्ष मङ्सिर २० गते आइतबार साँझदेखि नै पशुपति क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने भक्तजनको घुइँचो लाग्ने अपेक्षा गरिएको छ। पशुपति क्षेत्रका साथै देशका विभिन्न भागमा रहेका शिवालयमा पनि बत्ती बाल्ने र शतबीज छर्ने परम्परा रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्पेनमा आम चुनाव : सान्चेजलाई सत्ता जोगाउन चुनौती
Latest NewsJust now

स्पेनमा आम चुनाव : सान्चेजलाई सत्ता जोगाउन चुनौती

स्पेन । स्पेनमा आज (नोभेम्बर २९) आम निर्वाचन हुँदैछ । निर्वाचनले प्रधानमन्त्री पेद्रो सान्चेज सत्तामा कायम रहने वा देशको राजनीतिक नेतृत्व दक्षिणपन्थी गठबन्धनको हातमा पुग्ने भन्ने टुङ्गो लगाउनेछ । कन्जर्भेटिभ... ...

रातोपाटी
जटिल २०२७ तेल उत्पादन वार्ताका लागि ओपेक प्लस तयार
Latest NewsJust now

जटिल २०२७ तेल उत्पादन वार्ताका लागि ओपेक प्लस तयार

लन्डन। साउदी अरब, रुस र ओपेक प्लसका अन्य १९ सदस्य राष्ट्रहरूले आइतबार अनलाइन बैठक गरी अर्को वर्षका लागि आफ्ना उत्पादन कोटाहरू निर्धारण गर्ने भएका छन् । विश्लेषकहरूले अनिश्चित बजार दृष्टिकोणका बीच कठिन वार्ताको अपेक्षा गरेका छन् । पेट्रोलियम निर्यातक देशहरूको संगठनका १२ सदस्य र यसका सहयोगीहरू (ओपेक प्लस) ले प्रत्येक सदस्यका लागि नयाँ आधारभूत क्षमता स्तरको जल्दोबल्दो मुद्दालाई पनि सम्बोधन गर्नेछन्, जसले ...

नेपालन्युज
कांग्रेसले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने
Latest NewsJust now

कांग्रेसले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशनको मिति तोकेको छ । कांग्रेसले आगामी पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी गरेको हो । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति गगनकुमार थापाले आगामी पुसको ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताए । उनका अनुसार हिमाली जिल्लामा भने जिल्ला अधिवेशन मंसिर २४ र […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement