Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

बाढीले माछाखोलाका व्यापारीको करोडौँको क्षति, सबै सम्पत्ति बगेपछि राहतको पर्खाईमा नागरिक (तस्वीरहरु)

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीले माछाखोलाका व्यापारीको करोडौँको क्षति, सबै सम्पत्ति बगेपछि राहतको पर्खाईमा नागरिक (तस्वीरहरु)
Photo / Coverage: अर्थ सरोकार

गोरखा । असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका-५ स्थित माछाखोलामा ठूलो क्षति पुर्याएको छ । बाढीले घर, गोदाम तथा व्यापारिक संरचना बगाएपछि स्थानीय व्यापारीहरू करोडौँ रुपैयाँको क्षति व्यहोर्न बाध्य भएका छन् । बाढीबाट विस्थापित स्थानीयले तत्काल राहतसँगै सुरक्षित बस्ती निर्माण र नदी नियन्त्रणका लागि सरकारसँग माग गरेका छन् । माछाखोलाका स्थानीय व्यापारी लालप्रसाद गुरुङका अनुसार बाढीले उनको गोदाममा मात्रै करिब दुई करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । लामो समयदेखि व्यापार व्यवसाय गरेर जम्मा गरेको सम्पत्ति बाढीले एकैपटक बगाएपछि उनी आर्थिक संकटमा परेका छन् । ‘१५-२० वर्षदेखि दुःख गरेर अलिअलि जम्मा गरेको पैसा व्यापारमा लगानी गरेका थियौँ । अहिले सबै शून्यमा झारिदियो ।’, गुरुङले भने, ‘हामीले जानाजान कुनै बेथिति गरेका होइनौँ । अब फेरि कसरी उठ्ने भन्ने चिन्ता छ । सरकारले सहयोग गरिदिए हुन्थ्यो ।’ उनका अनुसार माछाखोलाका अर्का व्यापारी धनकुमार गुरुङको करिब ५ देखि ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, स्थानीयका अनुसार माछाखोलाका ठूला व्यापारीमध्येका एक बिश गुरुङको गोदाममा करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । यी क्षतिको विस्तृत विवरण भने सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ । बाढीले स्थानीय बस्तीसमेत प्रभावित पारेको छ । गुरुङका अनुसार तीन-चारवटा घर बगाएका छन् भने केही परिवार विस्थापित भएका छन् । घर गुमाएका स्थानीय अहिले छिमेकी तथा आफन्तको आश्रयमा बसिरहेका छन् । बाढी आउनुअघि माथिल्लो क्षेत्रबाट फोनमार्फत बस्ती छाडेर भाग्न खबर आएको गुरुङले बताए । बाढीको जोखिमबारे सूचना पाएपछि उनीहरू चप्पल मात्रै लगाएर घरबाट निस्किएका थिए । हतारमा ज्यान जोगाउन भाग्नु परेकाले आफ्नो गोदाम र सामान कसरी बग्यो भन्ने कुरा समेत थाहा पाउन नसकेको उनले सुनाए । ‘फोन गरेर बस्ती बग्न लागेको छ, छिटो भाग्नु भनेपछि हामी चप्पल मात्रै लगाएर भाग्यौँ । सामान कसरी बगायो भन्ने पनि थाहा पाएनौँ ।’, उनले भने । बाढीपछि सुरुका दिन आफन्तको घरमा बसेका स्थानीय एक-दुई दिनपछि आफ्नै घर फर्किएका थिए । लामो समयसम्म अरूको घरमा बस्न कठिन हुने र तत्काल अन्यत्र बस्ने व्यवस्था नहुँदा जोखिमको चिन्ताबीच घर फर्किनुपरेको गुरुङले बताए । बाढीले माछाखोलाबाट धार्चे गाउँपालिका–२ केरौँजा जाने पुलसमेत पूर्ण रूपमा क्षति पुर्याएको छ । उक्त पुल पुनर्निर्माणका लागि दसैँ-तिहारलगत्तै झोलुङ्गे पुल निर्माण गर्ने विषयमा कुरा भएको गुरुङले जानकारी दिए। तर, पुल निर्माणको औपचारिक निर्णय र काम सुरु हुने समयबारे भने सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ । बाढी प्रभावितलाई गाउँपालिकाले राहत उपलब्ध गराउन थाले पनि तत्काल घर गुमाएका परिवारलाई प्राथमिकता दिइएको र व्यापारिक गोदाममा भएको क्षतिबारे भने अन्योल रहेको गुरुङको भनाइ छ । गाउँपालिकाबाट व्यवसायीले कस्तो सहयोग पाउने भन्ने स्पष्ट आश्वासन नपाएको उनले बताए । उनले राहत रकम मात्रै नभई भविष्यमा यस्ता विपद्बाट सुरक्षित हुने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । माछाखोलाको तल्लो क्षेत्रका बस्ती जोखिममा रहेकाले आवश्यक परे बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने वा नदी नियन्त्रणका लागि ग्याबियन वाल निर्माण गर्नुपर्ने उनको माग छ । ‘राहतभन्दा पनि हामीलाई साहस र सुरक्षित हुने आधार चाहिएको छ। ग्याबियन वाल लगाइदिएर बस्ती सुरक्षित हुने महसुस गराउन सके राम्रो हुन्थ्यो ।’, गुरुङले भने । बाढीबाट घर र व्यापार गुमाएका स्थानीयले अहिले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना, क्षतिको उचित मूल्याङ्कन, व्यापार पुनःसञ्चालनका लागि सहयोग तथा नदी नियन्त्रणको व्यवस्था गर्न माग गरेका छन् । उनीहरूका अनुसार तत्काल सुरक्षित बस्ती र जीविकोपार्जनको आधार निर्माण गर्न नसके बाढीबाट भएको आर्थिक तथा सामाजिक क्षतिबाट उठ्न अझ कठिन हुनेछ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अर्थ सरोकार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्ट्रोकले थलिएकी हेमकुमारीले केएमसीमा पाइन् नयाँ जीवन, उपचारपछि खुसी हुँदै फर्किइन् घर
Latest NewsJust now

स्ट्रोकले थलिएकी हेमकुमारीले केएमसीमा पाइन् नयाँ जीवन, उपचारपछि खुसी हुँदै फर्किइन् घर

काठमाडाैँ। स्वास्थ्यमा आउने अप्रत्याशित समस्याले मानिसको जीवनलाई क्षणभरमै बदलिदिन सक्छ। हिँडडुल गर्न, बोल्न र आफ्नै दैनिक काम गर्नसमेत अरूको सहारा लिनुपर्ने अवस्था आएपछि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको... ...

रातोपाटी
चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिव बैठकको निर्देशन
Latest NewsJust now

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिव बैठकको निर्देशन

काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सचिवहरूको नियमित बैठकले विभिन्न निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिनेसहितका निर्णय गरेको हो... ...

रातोपाटी
धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा
Latest NewsJust now

धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा

काठमाडौँ, कात्तिक १७ गते । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीबाट किसानका खेतसम्म पानी पुर्‍याइएको छ । धानबालीलाई आवश्यक पानी उपलब्ध गराउन सिँचाइ आयोजनाहरूले नहर सञ्चालनल... ...

गोरखापत्र
समान धारणा बनाउन जुटे संसदमा रहेका विपक्षी दलहरू [तस्बिरहरू]
Latest NewsJust now

समान धारणा बनाउन जुटे संसदमा रहेका विपक्षी दलहरू [तस्बिरहरू]

संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसिरहेको छ । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play