Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै
Photo / Coverage: केन्द्रबिन्दु

रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्याएपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै क्रमशः लयमा फर्किन थालेको हो । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट प्रभावित पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको बताए । उनका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा अन्य साना व्यवसायीलाई राहत पुग्न थालेको छ । ‘बाढीपछि केही समय पर्यटकीय गतिविधि ठप्पजस्तै भएको थियो । अहिले बाटोघाटो सहज बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्,’ अध्यक्ष तामाङले भने । गाउँपालिकाले पदमार्गको मर्मतसम्भार तथा पर्यटकको सुरक्षा र सहजताका लागि आवश्यक समन्वय गरिरहेको उनले जानकारी दिए । लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बाढीपछि अवरुद्ध भएको आवागमन सहज भएसँगै गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन नियमित हुन थालेको बताए । निकुञ्जले यस क्षेत्रको प्राकृतिक वातावरण र जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले सडक तथा पदमार्गको अवस्था सुधार हुँदै गएपछि गोसाइँकुण्ड आउने तीर्थयात्री र पदयात्रीको सङ्ख्या बढ्न थालेको बताए । बाढीले बाटोघाटोमा क्षति पुर्याएपछि केही समय पर्यटकीय गतिविधि प्रभावित भएको उनको भनाइ छ । स्थानीय होटल व्यवसायी सन्तोष घलेका अनुसार पछिल्लो समय गोसाइँकुण्ड पुग्ने आन्तरिक पर्यटक र युवापुस्ताको सङ्ख्या बढ्दै गएको छ । पहिले जनैपूर्णिमा र गङ्गादशहराको अवसरमा मात्र तीर्थयात्रीको बढी चहलपहल हुने गरेकामा अहिले वर्षभरिजसो पदयात्री र घुमफिरका लागि आउने पर्यटक देखिन थालेका उनले बताए । पदयात्रा मार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकासमा ध्यान दिन सके यस क्षेत्रको पर्यटनले स्थानीयको जीविकोपार्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुर्याउने व्यवसायी घलेको भनाइ छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा गोसाइँकुण्ड गाउँपालिका–६ मा पर्दछ । करिब १३ दशमलव ८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डको लम्बाइ ६२५ दशमलव ५५ मिटर, चौडाइ ३०२ मिटर र गहिराइ २६ मिटर रहेको छ । कुण्डमा करिब १४ लाख ७२ हजार घनमिटर पानी रहेको बताइन्छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र गोसाइँकुण्डको धार्मिक महत्त्व प्राचीनकालदेखि रहँदै आएको छ । हिन्दू धर्मग्रन्थअनुसार समुद्र मन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि डाहा शान्त पार्न भगवान् शिवले त्रिशूल प्रहार गरी पहरा खोपेर पानी निकालेको र त्यही पानीबाट कुण्ड बनेको जनविश्वास छ । त्रिशूल प्रहारबाट पानी निस्किएको विश्वासका आधारमा यस क्षेत्रलाई त्रिशूलधारासँग पनि जोडेर हेर्ने गरिन्छ । स्थानीय समुदायमा गोसाइँकुण्डलाई विभिन्न नामले चिनिन्छ । तामाङ समुदायले ‘ग्यो’ वा ‘छोकर’, शेर्पा समुदायले ‘घ्यो’, तिब्बती समुदायले ‘छो’ र नेवार समुदायले ‘शिलु’ भन्ने गरेका छन् । गोसाइँकुण्ड आसपासमा भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायत अन्य कुण्ड रहेका छन् । यस क्षेत्रको ऐतिहासिक अमरसिंह गुफा र स्थानीय तामाङ समुदायको मौलिक संस्कृति पनि पर्यटकका लागि आकर्षणका विषय हुन् । गोसाइँकुण्ड क्षेत्रको पारिस्थितिकीय महत्त्वलाई ध्यानमा राख्दै २०६४ साल असोज ५ गते (सन् २००७ सेप्टेम्बर २३) रामसार सूचीमा सूचीकृत गरिएको हो । यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृग र हिमाली थारलगायत वन्यजन्तु तथा लालीगुराँस, सुनाखरी र अन्य हिमाली वनस्पति पाइन्छन् । गोसाइँकुण्ड नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यस क्षेत्रले हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गलाई समेत जोडेको छ। विशेषगरी जेठ–असारमा पर्ने गङ्गादशहरा र साउन–भदौमा पर्ने जनैपूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । बालाचतुर्दशीमा पनि विशेष धार्मिक अनुष्ठान हुने गरेको रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी–कुलेखानी सडकखण्डमा विद्युतीय गाडी दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार जारी
Latest NewsJust now

भीमफेदी–कुलेखानी सडकखण्डमा विद्युतीय गाडी दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार जारी

मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (इभी) गाडी दुर्घटना भएको छ। भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ५:४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ... ...

रातोपाटी
कालीमाटीमा कुन तरकारीको मूल्य कति ? (सूचीसहित)
Latest NewsJust now

कालीमाटीमा कुन तरकारीको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार समितिले बिहीबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज सबैभन्दा महँगो पार्सले प्रतिकिलो दुई हजार ८०० रुपैयाँमा कारोबार... ...

रातोपाटी
१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै
Latest NewsJust now

१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा अलपत्र परेको छ। नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरपालिकाले विसं २०७५ मा... ...

रातोपाटी
वर्षापछि काठमाडौंको तापक्रम घट्यो
Latest NewsJust now

वर्षापछि काठमाडौंको तापक्रम घट्यो

काठमाडौं । काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ। बिहीबार बिहान गरिएको प्रारम्भिक मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम घटेर ८ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। सूर्योदय हुँदासम्म तापक्रम अझै घट्न सक्ने उनले बताए। महाशाखाले बिहान ५ः४५ र ८ः४५ बजे गरी दुई पटक न्यूनतम तापक्रम मापन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play