Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

‘बाटुलो जुन’ का दृश्य सामाजिक सञ्जालमा अपलोड नगर्न निर्माण पक्षको आग्रह, साइबर ब्यूरोमा उजुरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘बाटुलो जुन’ का दृश्य सामाजिक सञ्जालमा अपलोड नगर्न निर्माण पक्षको आग्रह, साइबर ब्यूरोमा उजुरी
Photo / Coverage: टेक्नोलोजी खबर

चलचित्र ‘बाटुलो जुन’ का दृश्य हलबाट रेकर्ड गरी सामाजिक सञ्जालमा अनधिकृत रूपमा अपलोड तथा प्रसारण भइरहेको भन्दै निर्माण पक्षले आपत्ति जनाएको छ। चलचित्रका विभिन्न दृश्य हलभित्रबाट रेकर्ड गरी टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायत सामाजिक सञ्जालमा अपलोड तथा प्रसारण भइरहेको भन्दै निर्माण कम्पनी सनराइज पिक्चर्स प्रालिले यस्तो गतिविधि रोक्न आग्रह गरेको हो। कम्पनीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुमति नलिई चलचित्रका दृश्य रेकर्ड गरी सार्वजनिक गर्नु प्रतिलिपि अधिकारको उल्लङ्घन हुनुका साथै चलचित्रको व्यावसायिक प्रदर्शनमा समेत प्रत्यक्ष असर पार्ने जनाएको छ। निर्माण पक्षले चलचित्रका दृश्य अनधिकृत रूपमा रेकर्ड, अपलोड तथा सेयर नगर्न र यसअघि अपलोड गरिएका सामग्रीसमेत तत्काल हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा संस्थाविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाइने कम्पनीले चेतावनी दिएको छ। कम्पनीका अनुसार शुक्रबार नै प्रयोगकर्तासम्बन्धी प्रमाणसहित साइबर ब्युरोमा उजुरीसमेत दर्ता गरिएको छ। चलचित्रको मौलिकता, श्रम र सिर्जनाको सम्मान गर्न आग्रह गर्दै निर्माण पक्षले दर्शकलाई चलचित्र हलमै पुगेर ‘बाटुलो जुन’ हेर्न अनुरोध गरेको छ। The post ‘बाटुलो जुन’ का दृश्य सामाजिक सञ्जालमा अपलोड नगर्न निर्माण पक्षको आग्रह, साइबर ब्यूरोमा उजुरी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एप्पलको २०औं वार्षिकोत्सव आईफोन अर्को वर्ष ‘एक्सन बटन’ बिना सार्वजनिक हुने दाबी
TechnologyJust now

एप्पलको २०औं वार्षिकोत्सव आईफोन अर्को वर्ष ‘एक्सन बटन’ बिना सार्वजनिक हुने दाबी

एप्पलले अर्को वर्ष आईफोनको २०औँ वार्षिकोत्सव मनाउनेछ। सन् २००७ मा स्टिभ जब्सले मञ्चमा उभिएर पहिलो पुस्ताको आईफोन सार्वजनिक गरेको दुई दशक पूरा भएको अवसरमा यो मनाउन लागिएको हो। सन् २०१७ मा, जब यो स्मार्टफोन सिरिजले आफ्नो पहिलो दशक पूरा गर्‍यो, क्युपर्टिनोस्थित यस प्रविधि कम्पनीले ‘आईफोन एक्स’ सार्वजनिक गरेको थियो, जसमा डिजाइनमा व्यापक परिवर्तन गरिएको थियो। कम्पनीले २०औँ वार्षिकोत्सवको आईफोनका लागि पनि ...

टेक्नोलोजी खबर
नेपाल टेलिकमले एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म लम्ब्यायो
TechnologyJust now

नेपाल टेलिकमले एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म लम्ब्यायो

नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि थप गरेको छ। कम्पनीले ग्राहकको मागलाई ध्यानमा राख्दै दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म कायम गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएको हो। यसअघि मेस एपी अफर असोज ८ गतेदेखि र ३० एमबीपीएस एनटी फाइबर प्याकेज असोज ३० गतेदेखि सञ्चालनमा ल्याइएको थियो। नेपाल टेलिकमका अनुसार ३० एमबीपीएस क्षमताको एनटी ...

टेक्नोलोजी खबर
माइक्रोसफ्टको सेवा अवरुद्ध हुँदा व्यवसाय र सरकारी निकायका आउटलुक र टिम्स घण्टौँसम्म प्रभावित
TechnologyJust now

माइक्रोसफ्टको सेवा अवरुद्ध हुँदा व्यवसाय र सरकारी निकायका आउटलुक र टिम्स घण्टौँसम्म प्रभावित

माइक्रोसफ्टका आउटलुक र टिम्सजस्ता सेवाहरू बिहीबार करिब १० घण्टासम्म अवरुद्ध भएका छन्। केही सर्भरमा देखिएका समस्या समाधान गर्न प्रविधि कम्पनी माइक्रोसफ्टले संघर्ष गर्दा विश्वभर यी लोकप्रिय प्लेटफर्म प्रयोग गर्ने व्यवसाय र सरकारी निकायहरू प्रभावित भएका छन्। आफ्नो पछिल्लो जानकारीमा माइक्रोसफ्टले सेवा सुधार गर्ने प्रयास अपेक्षाअनुसार अघि बढ्न नसकेको जनाएको छ। कम्पनीले भनेको छ, “लामो समयदेखि कायम रहेको ट्राफिक व्यवस्थापनको असन्तुलनलाई सम्बोधन ...

टेक्नोलोजी खबर
डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री तिमिल्सिना
TechnologyJust now

डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा सहभागी भएर एक सातापछि आज (शुक्रबार) स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा नेपालले सक्रिय र महत्त्वपूर्ण सहभागिता जनाएको बताए ।उनले करिब तीन हजार प्रतिनिधि सहभागी सम्मेलनमा आफूले नेपालको प्रतिनिधिमण्डल प्रमुखका रूपमा नीतिगत वक्तव्य प्रस्तुत ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play