Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

बाघ भैरव टिम च्याम्पियन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाघ भैरव टिम च्याम्पियन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । बाघ भैरव दोस्रो वडाध्यक्ष कप खुला कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । बाघ भैरवले पाँच स्वर्ण, तीन रजत र तीन कांस्य जित्यो । चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा भएको प्रतियोगितामा ठैव चार स्वर्ण, एक रजत र तीन कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको भृकुटीले तीन स्वर्ण, एक रजत र तीन कांस्य हात पार्‍यो । नेपाल गोजुकाइ कराते डो संघको आयोजना तथा मित्र पार्क नाय खिं बाजं खलःको सहकार्यमा भएको प्रतियोगिताको पुरुषमा चिल्ड्रेन मोडेलका साइमन मल्ल तथा महिलामा अरनिकोकी उर्मिला चेपाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उत्कृष्टद्वयलाई आयोजक संघका उपाध्यक्ष जनार्दन उप्रेतीले प्रोत्साहनस्वरूप जनही ६ हजार नगद पुरस्कार प्रदान गरेको आयोजक संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक इन्द्र खड्गे शाहीले जानकारी दिनुभयो । विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा आयोजक संघका उपाध्यक्ष डा. जंगबहादुर हमाललाई पनि सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा पुरुष/महिलातर्फ समान ११-११ गरी जम्मा २२ स्पर्धामा २२० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक संघका उपाध्यक्ष एवं प्रचारप्रसार उपसमितिका संयोजक अच्युतराज उप्रेतीले जानकारी दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेनको एयर रेड अलर्ट एप ह्याक: किभमा विकीरण र आणविक हमलाको झटो सूचनाले सन्त्रास
Latest NewsJust now

युक्रेनको एयर रेड अलर्ट एप ह्याक: किभमा विकीरण र आणविक हमलाको झटो सूचनाले सन्त्रास

किभ । युक्रेनको हवाइ हमलासम्बन्धी पूर्वसूचना दिने ‘एयर रेड अलर्ट’ एप आइतबार ह्याक भएको छ। एप ह्याक भएसँगै केही समयका लागि राजधानी किभमा विकीरणको खतरा रहेको झुटा सन्देश प्रवाह भएको युक्रेनी वायुसेनाले... ...

रातोपाटी
आज विदेशी मुद्राको भाउ कति ?
Latest NewsJust now

आज विदेशी मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। ...

केन्द्रबिन्दु
युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु
Latest NewsJust now

युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु

गाजा । एक वर्षअघि भएको युद्धविरामका बाबजुद गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्। उत्तरी गाजा सहरको अल-रिमाल क्षेत्रस्थित काइरो स्कुल नजिकै नागरिकको... ...

रातोपाटी
शिक्षा विधेयकमाथि छलफल
Latest NewsJust now

शिक्षा विधेयकमाथि छलफल

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १६ गते । छलफलको चरणमा रहेको विद्यालय शिक्षा विधेयक सबै पक्षलाई सर्वमान्य हुने गरी टुङ्ग्याउने तयारीमा शिक्षा तथा खेलकुद मन्त्रालय लागेको छ । श... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play