Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
Photo / Coverage: पर्दाफास

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता नै उनीविरुद्ध पक्राउ अनुमति लिएको हो । सीआईबीका एक अधिकारीका अनुसार बैंकिङ कसुरको अनुसन्धानका क्रममा बानियाँको संलग्नता देखिएपछि पक्राउ अनुमति लिइएको हो । २०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँ अहिले फरार रहेको प्रहरीले जनाएको छ । यसै प्रकरणमा उनका छोरा दिक्षान्त बानियाँलाई प्रहरीले गत कात्तिक १६ गते पक्राउ गरेको थियो । छोरामाथि भइरहेको अनुसन्धानका क्रममा पूर्वमुख्यमन्त्री बानियाँ पनि जोडिएका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रभु बैंकबाट लिइएको ३४ करोड रुपैयाँ ऋण बानियाँ बाबुछोराले दुरुपयोग गरेको आशंका गरिएको छ । ऋण जुन प्रयोजनका लागि लिइएको थियो, त्यसमा खर्च नगरी अन्यत्र लगानी तथा रकम अपचलन गरेको देखिएको सीआईबीका एक अधिकारीले बताएका छन् । बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा बैंकबाट उक्त ऋण निकासा भएको थियो । अनुसन्धानका क्रममा ऋणबापत प्राप्त रकम अन्य बैंक खातामा स्थानान्तरण गर्नुका साथै सेयर बजारमा समेत लगानी गरिएको पाइएको प्रहरीको भनाइ छ । बानियाँ निर्माण सेवा प्रालिका सञ्चालकसमेत रहेका पूर्वमुख्यमन्त्री बानियाँमाथि बैंकबाट लिइएको कर्जा तोकिएको प्रयोजनभन्दा बाहिर प्रयोग गरेको विषयमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतीय विदेश मन्त्रीले प्रधानमन्त्री बालेनसँग आजै भेटवार्ता गर्ने
OthersJust now

भारतीय विदेश मन्त्रीले प्रधानमन्त्री बालेनसँग आजै भेटवार्ता गर्ने

प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह आइतबार अपराह्न नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, भारतीय विदेश मन्त्री एस. जयशंकरले आइतबार नै भेट गर्ने कार्यक्रम रहेको छ । सोमवार ...

पर्दाफास
मधेशमा सरकार परिवर्तन : एमालेले खेल्न खोज्यो, उपेन्द्र यादवले कोर्स नै बदले
OthersJust now

मधेशमा सरकार परिवर्तन : एमालेले खेल्न खोज्यो, उपेन्द्र यादवले कोर्स नै बदले

एमालेले जसपाभित्र खेल्न खोज्दा उपेन्द्र यादवले बदलेको कोर्स करेक्सनको परिणाम हो अहिलेको परिस्थिति । ...

अनलाइन खबर
भुर्तेल र सन्दीप चम्किँदा यूएईमाथि नेपालको जित
OthersJust now

भुर्तेल र सन्दीप चम्किँदा यूएईमाथि नेपालको जित

६ मंसिर, काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । भुर्तेलले ५६ बलमा ६ चौका… ...

अनलाइन खबर
आफ्नो जमिनमा मूर्ति शिलान्याश गरिएको भन्दै ललितकला क्याम्पसको आपत्ति
OthersJust now

आफ्नो जमिनमा मूर्ति शिलान्याश गरिएको भन्दै ललितकला क्याम्पसको आपत्ति

काठमाडौं महानगरपालिकाका प्रमुख, वडा नं. २३ का वडाध्यक्ष, र पुरातत्व विभागका महानिर्देशकको मिलेमतोमा धार्मिक कार्यको आड लिएर शैक्षिक संस्थाको जग्गामा अनधिकृत रूपमा शिलान्यास गरिएको क्याम्पसले आरोप लगाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement