धरानको बराह सहकारीको रकम हिनामिना प्रकरणमा शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । गुरुङका अनुसार सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको आरोप छ । उनले विश्वकर्मालाई उक्त प्रकरणका मुख्य योजनाकार भएको दाबी गर्दै अन्य संलग्न व्यक्तिको खोजी र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बताएका छन् । गृहमन्त्री गुरुङले छ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्दा सहकारीका बचतकर्ताको समस्या सुनेको उल्लेख गरेका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै यस प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिको खोजी तीव्र पारिएको उनको भनाइ छ ।
बराह सहकारी प्रकरणमा शिवकुमार विश्वकर्मा पक्राउ

Read Complete Original Article
Published originally on पर्दाफास






