Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

फ्रान्समाथि इटालीको शानदार जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समाथि इटालीको शानदार जित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालीले फ्रान्सलाई ३–१ गोलले पराजित गरेको छ । घरेलु मैदान सान सिरोमा इटालीले सुरुवाती अग्रता लिएको फ्रान्सविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको १०औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर फ्रान्सको अग्रता लामो समय टिक्न सकेन । इटालीका फ्रान्सेस्को पियो एस्पोसिटोले २६औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इटालीले थप दुई गोल गर्‍यो । ६३औँ मिनेटमा डेभिडे फ्राटेसीले गोल गर्दै इटालीलाई २–१ को अग्रता दिलाए । त्यसपछि ७५औँ मिनेटमा प्राप्त पेनाल्टीलाई पियो एस्पोसिटोले गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल गरेपछि इटालीले ३–१ को जित सुनिश्चित गर्‍यो । खेलमा इटालीले एक पेनाल्टी अवसर गुमाएको थियो । इटालीका सेबास्टियानो एस्पोसिटोले ६०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । यो हार फ्रान्सका प्रशिक्षक जिनेदिन जिदानका लागि पहिलो हार बनेको छ । फ्रान्सले यसअघि उनको प्रशिक्षणमा अपराजित यात्रा कायम राखेको थियो । यस जितसँगै इटाली समूह ‘ए’ को समूह १ मा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान १० अंक रहेको फ्रान्स भने गोल अन्तर नभई आपसी प्रतिस्पर्धाको नतिजाका आधारमा दोस्रो स्थानमा झरेको छ । इटालीले पछिल्लो पटक सन् १९६२ मा घरेलु मैदानमा फ्रान्सलाई पराजित गरेको थियो । ६४ वर्षपछि घरेलु मैदानमा फ्रान्समाथि जित निकाल्दै इटालीले महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । इटालीले अब अन्तिम खेलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने फ्रान्सले टर्कीसँग खेल्नेछ । The post फ्रान्समाथि इटालीको शानदार जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिममा बजेट विवाद अझै टुङ्गिएन, पूरक बजेट ल्याउने प्रक्रिया अलपत्र
Latest NewsJust now

सुदूरपश्चिममा बजेट विवाद अझै टुङ्गिएन, पूरक बजेट ल्याउने प्रक्रिया अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्षको बजेट पारित भएको करिब एक महिना पुग्न लाग्दा पनि त्यससँग जोडिएको विवाद समाधान हुन सकेको छैन। बजेटका कमजोरी सच्याउन पूरक बजेट ल्याउने सरकारको... ...

रातोपाटी
भीमफेदी दुर्घटनापछि आङ्देम्बेकाे प्रश्न- सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ?
Latest NewsJust now

भीमफेदी दुर्घटनापछि आङ्देम्बेकाे प्रश्न- सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक सुरक्षा प्रणालीमा ठोस सुधार गर्नुपर्ने बताएका छन्। मकवानपुरको चिसापानीगढीमा बिहीबार भएको यात्रुवाहक ईभी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play