Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

फ्रान्सको दंगाबारे गलत सूचना फैलाउँदै रुस र इजरायल : ईयू

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्सको दंगाबारे गलत सूचना फैलाउँदै रुस र इजरायल : ईयू
Photo / Coverage: केन्द्रबिन्दु

ब्रसेल्स । गत महिना फ्रान्समा भड्किएको दंगालाई प्रयोग गर्दै रुस, अमेरिकाको ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) अभियान र इजरायलसँग जोडिएका सामाजिक सञ्जाल खाताहरूले भ्रामक तथा वैमनस्यपूर्ण प्रचार फैलाएको आरोप युरोपेली युनियन (ईयू) ले लगाएको छ । युरोपेली संघ र फ्रान्सेली विदेश मन्त्रालयका गोप्य प्रतिवेदनहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार विदेशी शक्तिहरूले फ्रान्सको आन्तरिक अशान्तिलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेका हुन्। ईयूको विश्लेषण अनुसार अपरेसन ओभरलोड नाम दिइएको रुसी सञ्जालले फ्रान्सेली नागरिकहरूलाई लक्षित गर्दै पश्चिमा सञ्चारमाध्यमको भेषमा झूटा भिडियोहरू फैलाएको थियो । ती सामग्रीमा अनियन्त्रित आप्रवासन, प्रदर्शनकारीमाथि बलात्कार र आतंकवादी आक्रमणको त्रास देखाउँदै फ्रान्सेली नेतृत्वलाई कमजोर र निरंकुश चित्रण गर्ने प्रयास गरिएको थियो। यद्यपि, यी सञ्जालले दंगा सुरु गराएको नभई परिस्थितिको फाइदा मात्र उठाएको प्रतिवेदनमा उल्लेख छ। फ्रान्सेली प्रतिवेदन अनुसार रुसी एकाउन्टबाट गरिएका शीर्ष १० पोस्टहरूले २८ लाख भ्युज पाउँदा अमेरिकी ‘मागा’ समर्थक र इजरायली अधिकारी तथा प्रभावशाली व्यक्तिहरूसँग जोडिएका एकाउन्टहरूले त्योभन्दा बढी प्रभाव पारेका थिए। सोही अवधिमा ‘मागा’ सम्बद्ध एकाउन्टका पोस्टले ४ करोड ९० लाख र इजरायली सम्बद्ध पोस्टले ३ करोड ५० लाखभन्दा बढी भ्युज पाएका थिए। ती पोस्टहरूमा फ्रान्सको हिंसालाई कट्टरपन्थी इस्लाम र बसाइँसराइसँग जोडिएको थियो। विज्ञहरूका अनुसार यस्ता सूचना भ्रामक अभियानले दीर्घकालीन रूपमा पश्चिमा लोकतन्त्रप्रतिको धारणा बदल्न र आप्रवासीविरोधी भावना भड्काउन मद्दत पुर्‍याउँछन्। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विरोध प्रदर्शन पछाडि प्रत्यक्ष विदेशी हस्तक्षेप नदेखिए पनि सूचनाको भ्रामक हेरफेर भने भएको पुष्टि गरेका छन्। रुस र इजरायलले भने यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल संवतको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाऔँ
Latest NewsJust now

नेपाल संवतको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाऔँ

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल संवतको अवसरमा शुभकामना दिँदै रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउन आह्वान गरेका छन्। नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा सामाजिक सञ्जालबाट आज देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको पनि स्... ...

नेपालखबर
नेपाल सम्वत्को दार्शनिक व्याख्या गर्दै प्रधानमन्त्रीले भने– ‘आफ्नै देह र चेतनालाई साक्षी राखेर आफैँलाई पूजा गर्ने पर्व हो म्ह: पूजा’
Latest NewsJust now

नेपाल सम्वत्को दार्शनिक व्याख्या गर्दै प्रधानमन्त्रीले भने– ‘आफ्नै देह र चेतनालाई साक्षी राखेर आफैँलाई पूजा गर्ने पर्व हो म्ह: पूजा’

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले नेपाल सम्वत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै म्ह: पूजाको सांस्कृतिक र दार्शनिक महत्त्वलाई विशेष रूपमा स्मरण गरेका छन् । नेपाल सम्वत्को नयाँ वर्ष तथा म्ह: पूजाको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले म्ह: पूजालाई आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँलाई पूजा गर्ने मौलिक परम्पराका रूपमा ...

विश्वखबर
घोप्टेभीरमा आज पनि सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
Latest NewsJust now

घोप्टेभीरमा आज पनि सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड गए राति देखिनै दुईतर्फी अवरुद्ध भएको छ। प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको र केहीबेरमा सडक सुचारु हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार थप पहिरो नखसेमा केहि समयमा नै भित्र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने अनुमान गरिएको छ । यसअघि आइतबार र सोमबार पनि सोहि ...

कर्पोरट खबर
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
Latest NewsJust now

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

काठमाडौं । तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन । आफ्नो आत्मालाई चिनेर आत्म शुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्दछन । म्हपूजाका लागि नेवार समुदाय बिहानैदेखि घर सफा गर्ने र विभिन्न पकवान तयार गरी म्हपूजाको तयारी गर्दछन् । साँझमा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play