Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

प्रविधिमैत्री अनुसन्धानबाट वित्तीय अपराध नियन्त्रणमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रविधिमैत्री अनुसन्धानबाट वित्तीय अपराध नियन्त्रणमा जोड
Photo / Coverage: टेक्नोलोजी खबर

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवसको अवसरमा आज आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताएका हुन्। उनले वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे। अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सूचनाको सहज, समयमै र प्रभावकारी आदानप्रदान गर्ने प्रणाली सुदृढ बनाउनुपर्नेमा पनि उनले जोड दिए। ‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानः वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धानः प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ। कार्यशालामा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको छ। सोही अवसरमा प्रहरी महानिरीक्षक डा केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको सङ्ग्रह–भाग ३’ पुस्तक लोकार्पण गरे। कार्यशालाले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण गर्नुका साथै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान गर्न सहयोग पुग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। The post प्रविधिमैत्री अनुसन्धानबाट वित्तीय अपराध नियन्त्रणमा जोड appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मंसिर ३ र ४ गते स्टार्टअप फेस्ट हुँदै, सातै प्रदेशका स्टार्टअप सहभागी हुने
TechnologyJust now

मंसिर ३ र ४ गते स्टार्टअप फेस्ट हुँदै, सातै प्रदेशका स्टार्टअप सहभागी हुने

काठमाडौं । मङ्सिर पहिलो साता प्रविधि क्षेत्रको सबैभन्दा ठुलो स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी आयोजना हुने भएको छ । आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टको रुपमा लिभिंग विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा मंसिर ३ र ४ गते फेस्टको आयोजना गर्न लागेको हो । स्टार्टअप फेस्टको यो सातौ संस्करण हो ।काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना हुने ...

आइसिटी समाचार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
TechnologyJust now

चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान

चीनमा विकसित विद्युतीय यात्रुवाहक विमानले गत सप्ताहान्तमा चालक दलसहित पहिलो परीक्षण उडान पूरा गरेको छ। यसलाई चीनको स्वदेशी उड्डयन उद्योगको विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विमानबाट हुने कार्बन उत्सर्जन नियन्त्रण गर्नु विश्वव्यापी उड्डयन उद्योगका लागि चुनौती बन्दै गएको छ। यस्तो अवस्थामा इन्धनको खपत र वातावरणीय प्रदूषण घटाउन विद्युतीय विमानलाई सम्भावित विकल्पका रूपमा हेरिएको छ। विमान निर्माता चिनियाँ सरकारी स्वामित्वको कम्पनी कमर्सियल ...

टेक्नोलोजी खबर
अमेरिकाका प्रमुख बैंकमा एकैपटक प्राविधिक समस्या, सेवा अवरुद्ध हुनुको कारण के ?
TechnologyJust now

अमेरिकाका प्रमुख बैंकमा एकैपटक प्राविधिक समस्या, सेवा अवरुद्ध हुनुको कारण के ?

काठमाडौं । अमेरिकाका प्रमुख बैंकहरूमा देखिएको प्राविधिक समस्याका कारण हजारौं ग्राहकले बैंकिङ सेवा प्रयोग गर्न कठिनाइ भोगेका छन् । जेपी मोर्गन चेज, वेल्स फार्गो र बैंक अफ अमेरिकासहितका वित्तीय संस्थाका ग्राहकले सोमबार अनलाइन बैंकिङ तथा भुक्तानी सेवामा समस्या आएको गुनासो गरेका हुन् ।अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ संस्थामध्ये एक चेज बैंकले आफ्नो हार्डवेयर प्रणालीमा आएको सफ्टवेयर त्रुटिका कारण सेवा प्रभावित भएको ...

आइसिटी समाचार
के एआईले दिन सक्छ चिकित्सकले जस्तै स्वास्थ्य सुझाव ? अध्ययन गर्दै एप्पल
TechnologyJust now

के एआईले दिन सक्छ चिकित्सकले जस्तै स्वास्थ्य सुझाव ? अध्ययन गर्दै एप्पल

काठमाडौं । स्वास्थ्यसम्बन्धी जानकारी लिन कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै गएपछि प्रविधि कम्पनी एप्पलले यस क्षेत्रमा नयाँ अनुसन्धान सुरु गरेको छ । कम्पनीले स्वास्थ्यसम्बन्धी प्रश्नमा एआईले दिने जवाफ कत्तिको उपयोगी र विश्वसनीय हुन्छ भन्ने अध्ययन गर्न विशेष एप सार्वजनिक गरेको हो ।ओपनएआई र एन्थ्रोपिकजस्ता कम्पनीले स्वास्थ्यसम्बन्धी प्रश्नको जवाफ दिने एआई सेवा विस्तार गरिरहेका बेला एप्पलले भने चिकित्सकीय प्रमाणमा आधारित ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play