Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्दैछन् । भेटघाटको काम सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् । प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीको सिलसिलामा उनी हिजो बिहान काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तैदेखि उनी भेटघाटमा व्यस्त भएका थिए । उनले हिजो नै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल परराष्ट्र सचिव अमृतबहादुर राईसँग अलग–अलग भेट गरेका थिए । आज प्रधानमन्त्री बालेनसँग शिष्टचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नमिलाउँदा निर्धारण भइसकेको भ्रमण पनि मिश्रीले स्थगित गरेको समाचार सार्वजनिक भएकाले अहिलेको उनको भेटघाटलाई चासोका साथ हेरिएको छ । नेपाल–भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको स्रोतले जनाएको छ । त्यसकै तयारी अनुसार नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आएका थिए । यही कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा गरिसकेको जानकारी नियमित पत्रकार भेटघाटमा दिएका थिए । स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति ‘छिट्टै’ सार्वजनिक गर्ने तयारीमा छन् । छिट्टै भनिएको मिति भारतीय विदेश सचिव विक्रम मिश्रीको यही भ्रमणपछि सार्वजनिक हुनसक्ने स्रोत बताउँछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई विभागले तिरायो ५० हजार जरिवाना
Latest NewsJust now

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई विभागले तिरायो ५० हजार जरिवाना

पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना गरिएको छ। बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ। जिल्ला प्र... ...

नेपालखबर
अमेरिकी कंग्रेसमा डेमोक्र्याटको बहुमत : के गर्न सक्छन्, के गर्न सक्दैनन् ?
Latest NewsJust now

अमेरिकी कंग्रेसमा डेमोक्र्याटको बहुमत : के गर्न सक्छन्, के गर्न सक्दैनन् ?

अमेरिकाको मध्यावधि निर्वाचनमा उल्लेखनीय जित हासिल गरेपछि डेमोक्र्याटिक पार्टीले आगामी जनवरीदेखि संसद्का दुवै सदनमा नियन्त्रण कायम गर्ने भएको छ । यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालमा उनको प्रशासनमाथि... ...

रातोपाटी
बाढीपीडित बालबालिकाप्रति समर्पित चित्रकला प्रदर्शनी
Latest NewsJust now

बाढीपीडित बालबालिकाप्रति समर्पित चित्रकला प्रदर्शनी

ललितपुर, कात्तिक १९ गते । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई चित्रकला सिकाएर तीन दिनको बसाइपछि राजधानी फर्कने तरखरमा रहेका कलाकार अजय देसारलाई शिविरमा बस्ने चार वर्षीय बालिकाले... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play