Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेनको चेतावनी- एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनको चेतावनी- एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ’ भन्दै चेतावनी दिएका छन् । प्रधानमन्त्री बालेनले आइतबार फेसबुकमा स्टाटस लेख्दै एकदुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ शुक्रबार विभिन्न सञ्चारमाध्यममा प्रवेश गरेर पत्रकार पक्राउ गरिएको र केही मिडिया हाउसमा धरपकड भएको घटनापछि सरकारको आलोचना भइरहेको छ । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएको भन्दै पत्रकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ । पक्राउ परेका पत्रकार केही घण्टामै रिहा भए पनि घटनाबारे सरकारको जवाफदेहिता माग भइरहेको छ । पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन, उनको सचिवालय र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो । यसअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले २८ जना पत्रकारको सूचीबारे व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए । उक्त पोस्टमा प्रधानमन्त्री बालेनले पनि ‘कुपण्डोल जाने मात्र पत्रकार, अरू कलाकार’ भन्दै प्रतिक्रिया दिएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटक हिमालमा फसे
OthersJust now

अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटक हिमालमा फसे

१५ कात्तिक, सुर्खेत । आवश्यक प्रशासनिक अनुमति नलिई र पर्यटकका लागि निर्धारित नियमित पदमार्गसमेत छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका कारण हिमाली क्षेत्रमा फसेका छन् । शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित दानिगढ क्षेत्रमा फसेका उनीहरूको उद्धार हुन सकेको छैन । उनीहरू फसेको जानकारी जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा प्राप्त भएको थियो । दुई… ...

अनलाइन खबर
अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना
OthersJust now

अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना

अमेरिकासँगको कुनै नयाँ युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ । त्यो युद्धको अवधि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारण गर्न नसक्ने इरानको दावी रहेको छ । ‘सम्भावित भावी युद्ध अघिल्लो द्वन्द्वभन्दा लामो हुन सक्छ र अमेरिकी राष्ट्रपति यसको समाप्ति समय वा अवस्था निर्धारण गर्ने स्थितिमा हुनुहुने छैन,’ इरानी राष्ट्रिय टेलिभिजनले इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियालाई उद्धृत गर्दै ...

पर्दाफास
भ्रष्टको शासन हटाउँछु भन्थे, भयको शासन चलाउन थाले
OthersJust now

भ्रष्टको शासन हटाउँछु भन्थे, भयको शासन चलाउन थाले

फेसबुक पेजहरूको प्रवद्र्धनमा उदाएका प्रधानमन्त्री बालेन शाह सत्ताको दुरुपयोग गर्दै पत्रकारहरूमाथि धरपकड गरिरहेका छन् । प्रश्नहरूको तेजोबध गरेर भयको शासन चलाउने उनको चाहना यतिखेर विपक्षी र कतिपय नागरिकहरूको आलोचनाको केन्द्रमा छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play