Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना
Photo / Coverage: पर्दाफास

अमेरिकासँगको कुनै नयाँ युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ । त्यो युद्धको अवधि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारण गर्न नसक्ने इरानको दावी रहेको छ । ‘सम्भावित भावी युद्ध अघिल्लो द्वन्द्वभन्दा लामो हुन सक्छ र अमेरिकी राष्ट्रपति यसको समाप्ति समय वा अवस्था निर्धारण गर्ने स्थितिमा हुनुहुने छैन,’ इरानी राष्ट्रिय टेलिभिजनले इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियालाई उद्धृत गर्दै उल्लेख गरेको छ। उनले फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणबाट सुरु भएको युद्धको सबैभन्दा भयानक चरणको कुरा गर्दै अक्रामिनियाले आगामी युद्ध अमेरिका वा कसैको पनि सहज नियन्त्रणमा नहुने बताएका हुन् । अमेरिका–इजरायलको आक्रमणको सुरूमा इस्लामी गणतन्त्रका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएका थिए भने कैयौँ इरानी नेता, सैन्य अधिकारी र बैज्ञानिकसमेतको मृत्यु भएको थियो । बखलामा इरानले खाडी क्षेत्रभर मिसाइल र ड्रोन प्रहार गरेको थियो भने उसले समर्थन गर्ने सशस्त्र समूहहरूले पनि लेबनान र यमनमा युद्धमा भाग लिएका थिए । इरानका रक्षा मन्त्री मेहरदाद अखलाखीले आइतबार देशमाथिको कुनै पनि आक्रमणको ‘समान, निर्णायक र प्रभावकारी जवाफ’ दिने चेतावनी दिएका छन् । ‘जसले धम्की दिन्छन् उनीहरूले इरानको रक्षात्मक प्रतिक्रियाको दायरा, समय वा परिणाम निर्धारण गर्न सक्ने छैनन्,’ उनले भने । यसैगरी आइतबार इरानको सैन्य शक्ति (इस्लामिक रिवोल्युसनरी गार्ड कप्र्स) का प्रवक्ता होसेन मोहेब्बीले नयाँ सर्वोच्च नेता आयतुल्लाह मोज्ताबा खामेनीले अघिल्लो दिन लिखित सन्देशमा भनेका कुरा दोहोर्‍याएका छन् । खामेनीले जारी गरेको वक्तव्यमा उनले सैन्य कमाण्डरहरूलाई ‘कुनै पनि स्तर वा प्रकारको धम्कीलाई तत्काल, प्रभावकारी र भौगोलिक रूपमा असीमित प्रतिक्रिया दिनुपर्छ’ भनेर आदेश दिएका थिए । ‘अबको अमेरिकासँगको द्वन्द्वमा भौगोलिक सीमा हुँनेछैन; शत्रुलाई क्षति पुर्‍याउन ठूलो युद्धक्षेत्र परिभाषित गरिएको छ,’ इरानी राष्ट्रिय टेलिभिजनमा मोहेब्बीलाई उद्धृत गर्दै समाचार प्रशारण भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिका इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर अझै एक–दुई लक्ष्य ‘सम्हाल्न’ बाँकी रहेको बताएका थिए । ‘हामीले उनीहरूको आणविक क्षमता नष्ट गरिसकेका छौँ । अझै एक–दुई ठाउँ बाँकी छन् तर हामी त्यो १० मिनेटमै गर्न सक्छौँ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने
OthersJust now

खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने

१६ कात्तिक, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी अवार्ड्समा सहभागी हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन् । एएफसीको निमन्त्रणामा मन्त्री पोखरेल थाइल्यान्ड जान लागेको मन्त्रालय स्रोतले जनाएको छ । एएसफसी अवार्ड्स १९ नोभेम्बरमा थाइल्यान्डको बैंककमा हुँदैछ । अवार्डमा सहभागी हुने मन्त्री पोखरेलले एन्फा निलम्बन फुकुवाका लागि… ...

अनलाइन खबर
काठमान्डु गोर्खाजका ‘म्याच विनर’ रासिद र करण
OthersJust now

काठमान्डु गोर्खाजका ‘म्याच विनर’ रासिद र करण

खेलको असली नायक बने काठमान्डुका कप्तान करण केसी र रासिद खान । जो दुवै मिडियम पेस फाल्ने बलर हुन् । तर सोमबार कर्णाली विरुद्ध रोमाञ्चक जितमा भने रासिद र करण दुवै ब्याटिङमा चम्किए । ...

अनलाइन खबर
चितवन राइनोज : तीन खेलमा दुई कप्तान, दुई फरक नतिजा
OthersJust now

चितवन राइनोज : तीन खेलमा दुई कप्तान, दुई फरक नतिजा

अघिल्लो रातसम्म यूएईमा जिम्बाबेको कप्तानी गर्दै अफगानिस्तानसँग टी–२० अन्तर्राष्ट्रिय खेलेका सिकन्दर राजा आजै चितवन राइनोजको कप्तानका रूपमा खेले, यद्यपि खेलमा प्रभाव भने पार्न सकेनन् । ...

अनलाइन खबर
राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह नरोकिने
OthersJust now

राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह नरोकिने

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ । आज एक सूचना जारी गर्दै विभागले राहदानी, बैंक तथा वित्तीय सेवा, सवारी चालक अनुमतिपत्रलगायत सेवा प्रवाहमा समस्या नहुने उल्लेख गरेको हो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा नरोक्न सम्बन्धित निकायलाई विभागले आग्रह गरेको हो ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play