Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री उद्धार कोषमा हालसम्म कति जम्मा भयो रकम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री उद्धार कोषमा हालसम्म कति जम्मा भयो रकम ?
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

प्रधानमन्त्री कार्यालयको नियमित पत्रकारकार सम्मेलनमा शुक्रबार प्रवक्त हेमराज अर्यालले शुक्रबार बिहान ९ बजेसम्म कोषमा १८ अर्ब ३९ करोड ७० लाख ४५ हजार २१६ रुपैयाँ जम्मा भएको जानकारी दिए ।

देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको कार्यालयले जनाएको छ। नागरिकको जिउधनको सुरक्षामा कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन तथा शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन पनि निर्देशन दिइएको छ।

यसैबीच, प्रधानमन्त्रीले भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको भेटमा नेपालमा हालै गएको बाढीपहिरोपछि भारत सरकारले उद्धार तथा राहत सामग्री उपलब्ध गराएर गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक पनि शुक्रबारदेखि सुरु भएको छ। बैठकमा हालसम्म सम्पादन भएका कार्यक्रम तथा क्रियाकलापको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल भइरहेको छ।

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्राप्त अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीमध्ये २१ वटा गुनासो छानबिन तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय र मन्त्रालयमा पठाइएको छ।

कात्तिक १६ गते बसेको सचिव बैठकले मन्त्रालय तथा निकायहरूले चालु आर्थिक वर्षका लागि तयार गरेका विस्तृत कार्यान्वयन योजनालाई समयबद्ध रूपमा कार्यान्वयन गर्न र प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गर्न निर्देशन दिएको छ। महालेखा परीक्षकले औँल्याएका बेरुजु फछ्र्यौट तथा न्यूनीकरणका लागि पनि स्पष्ट कार्ययोजना बनाउन भनिएको छ।

उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभावजस्ता अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई थप सघन बनाउने निर्णयसमेत भएको कार्यालयले जनाएको छ। सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग तथा प्रवद्र्धन गर्ने र सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली २०८३ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको छ।

त्यस्तै, सरकारी वेबसाइटको सुरक्षा मजबुत बनाउन एसएसएल तथा टीएलएस सर्टिफिकेट अनिवार्य गर्ने र विभिन्न प्रविधिमा देखिएका सुरक्षा कमजोरीबारे साइबर सुरक्षा एड्भाइजरी जारी गरिएको छ। व्यक्तिगत डाटा संरक्षण नीतिको मस्यौदामाथि पनि राय तथा सुझाव संकलन गरिएको कार्यालयले जनाएको छ।

लगानीतर्फ अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति ७७ प्रतिशतभन्दा बढी र विद्युत् प्रसारण लाइनको प्रगति ६० प्रतिशतभन्दा बढी पुगेको छ। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी कागजात प्राप्त भएपछि आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको कार्यालयले जानकारी दिएको छ।

यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले कात्तिक १७ गतेदेखि विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) को दोस्रो संस्करण सञ्चालनमा ल्याएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तीन देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
OthersJust now

तीन देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

भारतसहित तीन देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। शुक्रबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा भारतका राजदूत सुधाकर दलेला, लाओसका राजदूत भिथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगेलले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। भारतका राजदूत दलेला नेपालका लागि आवासीय राजदूत हुन् भने लाओस र पानामाका राजदूत गैरआवासीय राजदूत हुन्। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी ...

पर्दाफास
ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइनभ्याइ (तस्वीरहरू)
OthersJust now

ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइनभ्याइ (तस्वीरहरू)

धनकुटाको फूल स्थानीय बजारदेखि धरान, विराटनगर, बुटबलदेखि काठमाडौंसम्म पुग्छ । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्‍याउन किसानलाई धौधौ भइरहेको छ । ...

अनलाइन खबर
पोखराले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो
OthersJust now

पोखराले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच खेल हुँदैछ । पोखराले टस जितेर बलिङ रोजेको छ भने चितवनलाई ब्याटिङको निम्तो दिएको छ । पोखराले आज कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको छ भने पहिलो रोजाइमा तीन परिवर्तन गरेको छ ।… ...

अनलाइन खबर
एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा
OthersJust now

एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो । जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play