काठमाडौं । म्यानचेस्टर युनाइटेडले शुक्रबार आफ्नो नयाँ प्रशिक्षकमा मउरिसो पोचेटिनाको नाम औपचारिक रूपमा घोषणा गरेको छ । यसअघि युनाइटेडले माइकल क्यारेकलाई प्रशिक्षकबाट वर्खास्त गरेको थियो । युनाइटेडले भनेको छ, पोचेटिनोले नोभम्बर १८ बाट क्लब सम्हाल्ने छन् । त्यस अगाडि अमेरिकी राष्ट्रिय टिमका प्रशिक्षक रहेका अर्जेन्टिनी पोचेटिनाले हाइटीविरुद्धका दुई खेलको जिम्मेवारी उठाउने छन् । युनाइटेडको अमेरिकी फुटबल संघसँग भएको सम्झौता अनुसार ती दुई खेलपछि पोचेटिनो र उनका सहयोगीको टिमलाई जिम्मेवारीबाट मुक्त गरिनेछ । अमेरिकाले पोचेटिनाकै नेतृत्वमा पछिल्लो विश्वकप खेलेको थियो र अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । यसअघि उनले इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटन, टोटनहम र चेल्सीको प्रशिक्षक पद पनि सम्हालिसकेका छन् । अहिले उनीमाथि युनाइटेडको प्रदर्शन उकास्ने जिम्मेवारी हुनेछ । खराब लयमा रहेको युनाइटेडले प्रिमियर लिग इतिहासमै अहिलेसम्मको सबैभन्दा खराव सुरुआत लिएको छ । कीर्तिमान २० पल्टको इंग्लिस च्याम्पियन अहिले लिग तालिकाको रेलिगेसन क्षेत्रमा रहेको छ । यस्तै उसले पछिल्ला १० खेलमध्ये एकैमा मात्र जित निकाल्न सकेको छ ।
पोचेटिनो अब म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






