Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

पोखरालाई ९ रनले हराउँदै जनकपुरको दोस्रो जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरालाई ९ रनले हराउँदै जनकपुरको दोस्रो जित
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले २४ बलमा ५ चौका प्रहार गरे । ओपनर दिनेश खरेल ३, महेदी हसन ८, शाकिब अल हसन ९, अर्जुन घर्ती ७, किरण ठगुन्ना १५ र चमिका करुणारत्ने ४ रनमा आउट भए । विपिन आचार्यले २० रन बनाए । मोहम्मद सैफुद्दिनले खाता खोल्न सकेनन् । विपिन खत्री १७ र प्रतीक पोखरेल २ रनमा अविजित रहे । जनकपुरका स्पिनरले उत्कृष्ट बलिङ गरे । मोइन अलीले सर्वाधिक ३ विकेट लिए । कप्तान हर्मीत सिंह र सैफ हसनले समान २ तथा जिम्मी निशम र ललित राजवंशीले समान एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका लागि ओपनर त्रितराज दासले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलमा ७ चौका र एक छक्का प्रहार गरे । पहिलो विकेटका लागि उनले मोइन अलीसँग ४७ रनको साझेदारी गरेका थिए । मोइन १६ बलमा २१ रन बनाएर आउट भए । अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै १० बलमा अविजित २४ रन बनाए । सैफ हसन एक रनमा आउट हुँदा कप्तान हर्मीत सिंहले ९, जिम्मी निशमले ११ तथा अमरसिंह रौटेला र अनिलकुमार शाहले समान ९ रन बनाए । पोखराका लागि सबै विकेट विदेशी खेलाडीले लिए । शाकिब अल हसनले ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । चमिका करुणारत्नेले २ तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले समान एक विकेट लिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फेरिँदै बङ्गुरपालनको पहिचान
Latest NewsJust now

फेरिँदै बङ्गुरपालनको पहिचान

काठमाडौँ, कात्तिक १६ गते । ‘फोहोरमै रमाउने जनावर’ भन्दै नाक खुम्च्याइने बङ्गुरपालनको पहिचान अहिले फेरिएको छ । सामाजिक अपहेलना र परम्परागत घेरा तोड्दै यो व्यवसाय व्यवस्थित खोर, वैज्... ...

गोरखापत्र
परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्छ : पूर्वमन्त्री भुसाल
Latest NewsJust now

परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्छ : पूर्वमन्त्री भुसाल

ललितपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले जनताका समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्ने बताएकी छन्। सो पार्टीको ललितपुर जिल्ला समितिले महालक्ष्मीस्थानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई... ...

रातोपाटी
एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड वार्नर
Latest NewsJust now

एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड वार्नर

अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौँ आइपुगेका छन्। एनपीएल तेस्रो संस्करणका लागि काठमाडौँ गोर्खाजमा अनुबन्धित उनी आइतबार राति काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। वार्नर अब आज (सोमबार) काठमाडौँ गोर्खाजका तर्फबाट कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदान उत्रनेछन्। ... ...

नेपालखबर
पश्चिमी वायुको प्रभावले मौसम आंशिक बद्ली, उच्च पहाडी भेगमा हिमपात
Latest NewsJust now

पश्चिमी वायुको प्रभावले मौसम आंशिक बद्ली, उच्च पहाडी भेगमा हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ। दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा अहिले हल्का वर्षा तथा हिमपात भइरहेको छ। आज... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play