Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै
Photo / Coverage: केन्द्रबिन्दु

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको पाइएको छ । दुई महिनामा दुबई–पोखरा–दुबई उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिनुले यो विमानस्थलप्रति यात्रीको आकर्षण बढेको ठानिएको हो । फ्लाइ दुबईले गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म गरेको (दुई तर्फी उडान) दुबई–पोखरा–दुबई उडानमा दुबईबाट पोखरा आउने यात्रुको सङ्ख्या आठ हजार ११५ र यहाँबाट पाँच हजार ३५९ दुबई गएका पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटबाट विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले पोखरा–दुबई उडानको सम्भावना बढाएको बताए । उनले पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यस मार्गमा यात्रुको सङ्ख्या बढ्न सक्ने बताए । नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्दा काठमाडौँस्थित भारतीय दूतावासबाट अनापत्ति प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । यसका लागि दूतावाससँग पहल भइरहेको उनले जानकारी दिए । विसं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाइ दुबईले पहिलोपटक नियमित अन्तरराष्ट्रिय उडान थालेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
महिला हिंसा अन्त्य गर्न छोरीका अभिभावकको दायित्व
Latest NewsJust now

महिला हिंसा अन्त्य गर्न छोरीका अभिभावकको दायित्व

हिंसाका कारण महिलाको स्वास्थ्य, आत्मविश्वास र कार्यक्षमतामा पर्ने असरले परिवारको आयआर्जनदेखि समग्र उत्पादन र आर्थिक गतिविधिसम्म प्रभावित हुन्छ। महिलालाई सुरक्षित, सम्मानित र आत्मनिर्भर बनाउँदा श्रमशक्तिमा उनीहरूको सहभागिता बढ्छ, उद्यमशीलता विस्तार हुन्छ र परिवारको जीवनस्तर सुधारिन्छ। ___लक्ष्मी ज्ञवाली____ हरेक वर्ष नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म ...

टक्सार
आईटी निर्यातकर्ताले विदेशमा खाता खोल्न पाउने, विदेशी मुद्रा प्रतिधारण खाताको कानुनी प्रबन्ध प्रस्ताव
Latest NewsJust now

आईटी निर्यातकर्ताले विदेशमा खाता खोल्न पाउने, विदेशी मुद्रा प्रतिधारण खाताको कानुनी प्रबन्ध प्रस्ताव

राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रहेर सफ्टवेयर, सर्भर, क्लाउड वा डिजिटल विज्ञापनजस्ता तोकिएका व्यावसायिक सेवाको भुक्तानी गर्दा प्रत्येक पटक राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छैन । ...

कान्तिपुर
अटिजम भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न नै गलत हो : सुनिता डंगोल
Latest NewsJust now

अटिजम भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न नै गलत हो : सुनिता डंगोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अटिजम, बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् त रु भनेर समाजमा गरिने प्रश्न नै गलत भएको बताएकी छिन् । अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र भवनको शिलान्यास गर्दै उनले यस्तो बताएकी हुन् । ‘अटिजम भएका, बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् त ? भनेर समाजमा गरिने प्रश्न नै गलत छ,’ उनले ...

केन्द्रबिन्दु
जुम्लामा राजमार्गका अतिक्रमित संरचना हटाउन सुरु
Latest NewsJust now

जुम्लामा राजमार्गका अतिक्रमित संरचना हटाउन सुरु

जुम्ला। सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ। सार्वजनिक सडकको संरक्षण, सुरक्षा, यातायात सञ्चालनमा सहजता तथा सडकको उचित व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक अतिक्रमित संरचना हटाउने कार्य अघि बढाइएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले जानकारी दिए। त्यस सिलसिलामा स्थानीय तिला गाउँपालिकास्थित कुडारीबजार र त्रिवेणी बजार क्षेत्रका अतिक्रमित सबै संरचना हटाउन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement