चितवन। तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो। सडक बन्द हुँदा दिउँसो नारायणगढबाट काठमाडौं तथा पोखरातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्।
पहिरो हटाउन नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

Read Complete Original Article
Published originally on नेपालन्युज






