Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
Photo / Coverage: पर्दाफास

पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ । बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र र घटनासम्बन्धी विवरण अध्ययन गर्दा एजेन्सीले प्रचलित कानुन उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ । घटनामा संलग्न गाइडको व्यावसायिक आचरण र इजाजतपत्रसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न पर्यटन विभाग तथा बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई पत्राचार गरिएको विभागले जनाएको छ । विभागले पदयात्रा अनुमति नलिई पर्यटकलाई कुनै पनि क्षेत्रमा नलैजान तथा जारी अनुमति र सर्तको पूर्ण पालना गर्न ट्रेकिङ एजेन्सी र गाइडलाई आग्रह गरेको छ । अनुमति उल्लङ्घन गर्ने र सम्बन्धित निकायको निर्देशन अवज्ञा गर्नेमाथि कानुनबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डा छन्, तयारी छैन
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डा छन्, तयारी छैन

भारतीय विदेश सचिव मिश्रीले गरेका समग्र कुराकानी र अहिलेसम्मको प्रगति हेर्दा मंसिरमा हुने प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि एजेन्डाहरुको सूची लामो, तयारी भने फितलो देखिएको छ । ...

अनलाइन खबर
मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
OthersJust now

मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबार काठमाडौं उत्रे लगत्तै शीर्ष भेटघाट गरे । उनले चार जना मन्त्रीसँग भेटे । समकक्षी परराष्ट्र सचिव अमृत राईसँग द्पक्षीय मुद्दाहरूमा छलफल गरे । ...

अनलाइन खबर
भारतीय विदेश सचिव मिस्री र पूर्वाधार विकासमन्त्री लम्सालबीच भेटवार्ता
OthersJust now

भारतीय विदेश सचिव मिस्री र पूर्वाधार विकासमन्त्री लम्सालबीच भेटवार्ता

भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालका पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री लम्सालले नेपाल–भारतबीचको द्विपक्षीय सहकार्य विस्तारका विषयमा आफ्ना धारणा राखेका थिए । विशेषगरी पूर्वाधार विकास र कनेक्टिभिटीका क्षेत्रमा दुई देशबीच सहकार्य थप बढाउने विषयमा छलफल भएको भारतीय विदेश सचिवालयले जनाएको छ । भेटमा नेपाल र भारतबीचको पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका सम्भावनाबारे विचार आदानप्रदान भएको ...

पर्दाफास
अदालतको फैसला कार्यान्वयन चुनौती : ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकी
OthersJust now

अदालतको फैसला कार्यान्वयन चुनौती : ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकी

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले मेलमिलापलाई न्याय निरुपणको वैकल्पिक उपायका रूपमा नभई न्याय प्रणालीकै अभिन्न अंगका रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । मेलमिलापलाई विवाद समाधानको प्रभावकारी माध्यमका रूपमा संस्थागत गर्नुपर्ने उनको भनाइ छ । नेपालको संविधान र कानूनले समेत मेलमिलाप ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play