Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पञ्चेश्वरको पुरानै गाँठो

Share:WhatsAppFacebookX (Twitter)Telegram
पञ्चेश्वरको पुरानै गाँठो
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन र कार्यान्वयन प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएसँगै तीन दशकदेखि अल्झिएको आयोजना फेरि चर्चामा आएको छ। प्रधानमन्त्री शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा जारी नेपाल–भारत संयुक्त वक्तव्यमा पञ्चेश्वरलाई प्राथमिकताका साथ अघि बढाउने विषय समेटिएपछि आयोजना निर्माणको आशा पलाएको हो। महाकाली नदीमा प्रस्तावित यो आयोजना नेपालको ऊर्जा उत्पादन, सिँचाइ विस्तार र नदी व्यवस्थापनका दृष्टिले रणनीतिक महत्त्वको परियोजना हो। नेपाल र भारतबीच सन् १९९६ मा भएको महाकाली सन्धिले पञ्चेश्वरलाई साझा विकासको महत्त्वपूर्ण आधार मानेको थियो। सन्धिमा आयोजनाको डीपीआर छ महिनाभित्र टुङ्ग्याएर निर्माण प्रक्रिया अघि बढाउने परिकल्पना गरिएको थियो। तर, तीन दशक पुग्न लाग्दासमेत दुवै देशले डीपीआरमा सहमति जुटाउन सकेका छैनन्। पञ्चेश्वरको समस्या आयोजना बनाउनुपर्ने वा नपर्ने भन्नेमा होइन, यसको पानी, लागत र लाभको मूल्य कसरी निर्धारण गर्ने भन्नेमा अड्किएको छ। विगतमा पनि नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषय उठ्ने, संयुक्त वक्तव्यमा आयोजना अघि बढाउने प्रतिबद्धता व्यक्त हुने र त्यसपछि प्रक्रिया फेरि सुस्ताउने क्रम दोहोरिँदै आएको छ। यसपटकको निर्देशनले पनि त्यही पुरानो चक्र तोड्छ कि अर्को एउटा कूटनीतिक प्रतिबद्धतामै सीमित हुन्छ भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ। पञ्चेश्वरको समस्या आयोजना बनाउनुपर्ने वा नपर्ने भन्नेमा होइन, यसको पानी, लागत र लाभको मूल्य कसरी निर्धारण गर्ने भन्नेमा अड्किएको छ। जलविद्युत् उत्पादनबाट प्राप्त हुने लाभ बराबर बाँड्ने विषयमा दुवै देशबीच मोटामोटी सहमति देखिए पनि सिँचाइ र बाढी नियन्त्रणबाट प्राप्त हुने लाभको मूल्याङ्कनमा मतभेद छ। यही मतभेदले लगानीको अनुपातसमेत निर्धारण हुन सकेको छैन। अहिलेको उपलब्धिलाई डीपीआर टुङ्गिएको वा निर्माण सुरु हुने निश्चित भएको रूपमा बुझ्नु उपयुक्त हुँदैन। यो लामो समयदेखि रोकिएको प्रक्रियालाई पुनः गति दिन गरिएको राजनीतिक पहल हो। प्रधानमन्त्रीस्तरीय निर्देशनले राजनीतिक इच्छाशक्ति देखाएको छ। तर, आयोजनालाई निर्माणको चरणमा लैजान प्राविधिक सहमति, वित्तीय ढाँचा, वातावरणीय स्वीकृति, पुनर्वास र स्थानीय समुदायका सरोकार सम्बोधन गर्नुपर्नेछ। त्यसैले अहिलेको उपलब्धिलाई डीपीआर टुङ्गिएको वा निर्माण सुरु हुने निश्चित भएको रूपमा बुझ्नु उपयुक्त हुँदैन। यो लामो समयदेखि रोकिएको प्रक्रियालाई पुनः गति दिन गरिएको राजनीतिक पहल हो। तीन दशकको प्रतिबद्धता पञ्चेश्वर आयोजनाको चर्चा महाकाली सन्धिभन्दा पनि पुरानो हो। महाकाली नदीको जलविद्युत् सम्भावना पहिचान गर्ने प्रयास सन् १९६० को दशकदेखि सुरु भएको थियो। सन् १९६२ र १९६३ तिर भारतीय पक्षले नदी आसपासको भौगोलिक अवस्था अध्ययन गर्न सुरुङ खनेर अनुसन्धान गरेको स्थानीय अगुवाहरू बताउँछन्। त्यसबेला नेपालतर्फ १८ र भारततर्फ १७ वटा सुरुङ खनिएको विवरण स्थानीय स्तरमा चर्चित छ। नेपाल सरकारले महाकाली नदी किनारमा २०४४ सालमा पञ्चेश्वर परियोजनाको कार्यालय स्थापना गरेको थियो। पछि आयोजना विद्युत् विकास विभागअन्तर्गत राखियो। नेपालले सन् १९९५ मा आफ्नै तर्फबाट आयोजनाको डीपीआर तयार गरेको थियो। भारतले पनि छुट्टै अध्ययन गरेको थियो। दुवै देशका प्रारम्भिक अध्ययनलाई एकीकृत गर्ने प्रयास भए पनि त्यसले अन्तिम सहमतिको रूप लिन सकेन। कुनै समयमा तीन महिनाभित्र डीपीआरलाई अन्तिम रूप दिने सहमति पनि भयो। तर, ती समयसीमा कार्यान्वयनमा परिणत भएनन्। नेपाल र भारतबीच २०५२ माघमा महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि भएपछि पञ्चेश्वरलाई द्विपक्षीय आयोजनाका रूपमा अघि बढाउने निर्णय भयो। सन्धिले शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर आयोजनालाई एउटै जलस्रोत व्यवस्थापनको ढाँचामा समेटेको थियो। त्यसपछि पञ्चेश्वरलाई दुवै देशको साझा विकास परियोजनाका रूपमा अघि बढाउने राजनीतिक प्रतिबद्धता व्यक्त गरियो। महाकाली नदीको किनारमा अवस्थित बस्ती। प्रस्तावित जलाशय निर्माण अघि बढेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा पुनर्वास र विस्थापनको चुनौतीमा पर्न सक्छन्। त्यसबेला नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा थिए। भारत भ्रमणका क्रममा भएको समझदारीमा महाकाली सन्धिको शीघ्र कार्यान्वयन र पञ्चेश्वर आयोजनाको डीपीआर छ महिनाभित्र टुङ्ग्याउने विषय समेटिएको थियो। निजी क्षेत्रको लगानी आकर्षित गर्ने विषयसमेत उठाइएको थियो। तर, छ महिनामा टुङ्गिनुपर्ने डीपीआर वर्षौंसम्म छलफलको विषय बनिरह्यो। त्यसपछिका सरकारहरूले पनि आयोजनालाई प्राथमिकतामा राखेको बताउँदै आए। देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वका सरकारका समयमा भारतसँग भएका छलफलमा पञ्चेश्वरले स्थान पायो। संयुक्त वक्तव्यहरूमा आयोजना अघि बढाउने प्रतिबद्धता दोहोरिए। कुनै समयमा तीन महिनाभित्र डीपीआरलाई अन्तिम रूप दिने सहमति पनि भयो। तर, ती समयसीमा कार्यान्वयनमा परिणत भएनन्। सन् २०१४ मा पञ्चेश्वर विकास प्राधिकरण गठन भएपछि आयोजनाको प्राविधिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको थियो। दुवै देशका प्रतिनिधि सम्मिलित संरचनामार्फत अध्ययन र छलफल अगाडि बढाइयो। भारतको सरकारी परामर्शदाता संस्था वापकोसले नेपाल र भारतका पुराना अध्ययनलाई आधार बनाएर सन् २०१६ मा एकीकृत मस्यौदा डीपीआर तयार गर्‍यो। त्यसपछि दुवै देशले मस्यौदामा टिप्पणी र संशोधन प्रस्ताव राखे। तर, मुख्य विवाद समाधान हुन सकेन। महाकाली सन्धिले नदीको पानीको उपयोग, विद्यमान उपभोग्य उपयोग र भविष्यमा प्राप्त हुने लाभका आधारमा व्यवस्थापनको व्यवस्था गरेको छ। सन् २०१७ देखि २०२३ सम्म संयुक्त विज्ञ समूहका पाँचवटा बैठक भए। ती बैठकमा डीपीआरका प्राविधिक पक्ष, पानीको उपयोग, लाभको मूल्याङ्कन र लागत बाँडफाँटबारे छलफल भए पनि अन्तिम सहमति जुटेन। पछिल्ला वर्षमा छलफलको गति अझ सुस्त भयो। सन् २०२६ मा चार वर्षपछि जलस्रोतसम्बन्धी वार्ता पुनः अघि बढाउने प्रयास भएको थियो। त्यसपछि प्रधानमन्त्री शाहको भारत भ्रमणमा जारी संयुक्त वक्तव्यले आयोजनालाई फेरि उच्च राजनीतिक तहमा पुर्‍याएको छ। यसपटकको निर्देशनको महत्त्व यही हो। विगतमा आयोजनाबारे छलफल र प्रतिबद्धता भए पनि त्यसलाई अघि बढाउन आवश्यक राजनीतिक दबाब निरन्तर कायम रहन सकेन। अहिले दुवै देशका प्रधानमन्त्रीले सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका छन्। तर, निर्देशनपछि कति समयभित्र डीपीआर टुङ्ग्याउने, बाँकी विवाद कसरी समाधान गर्ने र त्यसको अनुगमन कसले गर्ने भन्ने विषय स्पष्ट हुन बाँकी छ। पानीको मूल्य र बाँडफाँट पञ्चेश्वर आयोजनाको सबैभन्दा पेचिलो विषय महाकाली नदीको पानी बाँडफाँट हो। दुवै देशले नदीको पानीलाई साझा स्रोत मानेका छन्। महाकाली सन्धिले नदीको पानीको उपयोग, विद्यमान उपभोग्य उपयोग र भविष्यमा प्राप्त हुने लाभका आधारमा व्यवस्थापनको व्यवस्था गरेको छ। तर, पानीको वास्तविक उपयोग र त्यसबाट प्राप्त हुने लाभको मूल्य कसरी निकाल्ने भन्नेमा नेपाल र भारतको बुझाइ फरक छ। नेपालको तर्कअनुसार महाकाली नदीबाट भारतले सिँचाइ र अन्य उपयोगका क्षेत्रमा प्राप्त गर्ने लाभलाई आयोजनाको कुल लाभमा समेट्नुपर्छ। त्यसो गर्दा भारतले बढी लाभ प्राप्त गर्ने भएकाले आयोजनाको लागतमा पनि उसको योगदान बढी हुनुपर्छ। नेपालको मुख्य चासो नदीको तल्लो तटीय उपयोगसँग जोडिएको छ। भारतले महाकाली नदीबाट सिँचाइका लागि प्राप्त गर्ने पानी र त्यसबाट हुने लाभको मूल्याङ्कन गर्दा नेपालको अधिकारलाई पनि समेटिनुपर्ने नेपालको अडान छ। विशेषगरी शारदा ब्यारेज र तल्लो शारदा क्षेत्रमा भारतले उपयोग गरिरहेको पानीलाई कसरी गणना गर्ने भन्ने विषय विवादको केन्द्रमा छ। नेपालको तर्कअनुसार महाकाली नदीबाट भारतले सिँचाइ र अन्य उपयोगका क्षेत्रमा प्राप्त गर्ने लाभलाई आयोजनाको कुल लाभमा समेट्नुपर्छ। त्यसो गर्दा भारतले बढी लाभ प्राप्त गर्ने भएकाले आयोजनाको लागतमा पनि उसको योगदान बढी हुनुपर्छ। भारतले भने पानीको विद्यमान उपयोग र लाभको गणनामा आफ्नो व्याख्या अघि सार्दै आएको छ। यही कारण डीपीआरमा लागत र लाभको हिसाब मिल्न सकेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त तथा नेपाल–भारत प्रबुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायका अनुसार पञ्चेश्वर आयोजनाको मूल विवाद पानीको तल्लो तटीय अधिकार र त्यसको आर्थिक मूल्यसँग जोडिएको छ। उनी भन्छन्, “उनीहरूले नमानेको कुरा के हो भने, हाम्रो जुन पानीको तल्लो अधिकार छ, त्यसमा हिसाब गर्दा उनीहरूले हामीले भन्दा बढी पैसा हाल्नुपर्छ। त्यसैमा कुरा मिलेको छैन।” महाकाली सन्धिको तेस्रो धाराले पञ्चेश्वर आयोजनाबाट प्राप्त हुने कुल शुद्ध लाभ अधिकतम बनाउने, विद्युत् उत्पादन केन्द्रको क्षमता दुवै देशका लागि बराबर हुने र उत्पादित ऊर्जा बराबर बाँड्ने व्यवस्था गरेको छ। उपाध्यायका अनुसार नेपालले महाकालीको पानीमा आफ्नो अधिकार र त्यसबाट प्राप्त हुने लाभको विषयमा राखेको अडान छाड्नु हुँदैन। आयोजना अघि बढाउन सहमति आवश्यक भए पनि त्यसका नाममा नेपालको अधिकार कमजोर हुने गरी सम्झौता गर्न नहुने उनको धारणा छ। प्रधानमन्त्रीस्तरबाट निर्देशन आइसकेकाले अब सम्बन्धित निकायले विवाद समाधानका लागि ठोस पहल गर्नुपर्ने उनी बताउँछन्। “अहिले यसले आस जगाएको छ। धेरै कुरा पनि छन्, तर त्यसमा नेपालले छोडेन, त्यो नेपालको पक्षमा छ,” उपाध्यायको भनाइ छ। उनका अनुसार दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिइसकेपछि विवादलाई थप लम्ब्याउनुभन्दा समाधानतर्फ लैजानुपर्ने अवस्था बनेको छ। महाकाली सन्धिको तेस्रो धाराले पञ्चेश्वर आयोजनाबाट प्राप्त हुने कुल शुद्ध लाभ अधिकतम बनाउने, विद्युत् उत्पादन केन्द्रको क्षमता दुवै देशका लागि बराबर हुने र उत्पादित ऊर्जा बराबर बाँड्ने व्यवस्था गरेको छ। आयोजनाको लागत भने दुवै देशले प्राप्त गर्ने लाभको अनुपातमा बेहोर्नुपर्ने सन्धिको व्यवस्था छ। यसको अर्थ आयोजना निर्माणको लागत स्वतः आधा–आधा हुने होइन। कुन देशले कति लाभ प्राप्त गर्छ भन्ने मूल्याङ्कनका आधारमा लगानीको अनुपात निर्धारण हुनुपर्ने हो। डीपीआरमा सहमति जुटाउन प्राविधिक समूहको छलफलसँगै राजनीतिक तहमा पनि स्पष्ट निर्णय आवश्यक देखिन्छ। यही प्रावधान नेपालका लागि महत्त्वपूर्ण छ। नेपालले जलविद्युत् उत्पादनबाट बराबर लाभ पाउने भए पनि भारतले सिँचाइ र बाढी नियन्त्रणमा थप लाभ प्राप्त गर्न सक्ने तर्क गर्दै आएको छ। त्यसैले कुल लाभको मूल्याङ्कन गर्दा भारतको हिस्सा बढी देखिनुपर्ने र सोही अनुपातमा लागत पनि भारतले बढी बेहोर्नुपर्ने नेपालको धारणा छ। पूर्वऊर्जा सचिव चिरञ्जीवी चटौतका अनुसार पञ्चेश्वर आयोजनाबाट तीन प्रमुख लाभ प्राप्त हुन्छन्—ऊर्जा, सिँचाइ र बाढी नियन्त्रण। विद्युत् बराबर बाँड्ने विषयमा दुवै देशबीच खास विवाद नभए पनि सिँचाइ र बाढी नियन्त्रणबाट प्राप्त हुने लाभको मूल्याङ्कनमा मतभेद छ। उनका अनुसार भारतले सिँचाइ र बाढी नियन्त्रणबाट नेपालभन्दा बढी लाभ प्राप्त गर्ने भएकाले लागत बाँडफाँट गर्दा त्यसलाई आधार बनाउनुपर्छ। यो विवाद केवल प्राविधिक गणनाको विषय होइन। यसले दुवै देशले आयोजनाबाट प्राप्त गर्ने आर्थिक लाभ, लगानीको अनुपात र भविष्यमा पानीको उपयोगसम्बन्धी अधिकारलाई निर्धारण गर्छ। त्यसैले डीपीआरमा सहमति जुटाउन प्राविधिक समूहको छलफलसँगै राजनीतिक तहमा पनि स्पष्ट निर्णय आवश्यक देखिन्छ। पञ्चेश्वर आयोजना निर्माणसँग जोडिएको सम्भावित डुबान तथा पुनर्वास क्षेत्र देखाउने नक्सा। लागतको हिसाब नमिलेपछि पञ्चेश्वर आयोजना अघि बढ्न नसक्नुको अर्को प्रमुख कारण निर्माण लागत र त्यसको बाँडफाँट हो। महाकाली सन्धिले लागत प्राप्त हुने लाभको अनुपातमा बाँड्ने व्यवस्था गरे पनि लाभको मूल्याङ्कनमा सहमति नहुँदा लगानीको अनुपातसमेत टुङ्गिएको छैन। नेपालले आयोजनाको कुल लागतको करिब ३० प्रतिशत र भारतले ७० प्रतिशत बेहोर्नुपर्ने प्रस्ताव अघि सार्दै आएको छ। भारतले भने ६५ प्रतिशत आफूले र ३५ प्रतिशत नेपालले बेहोर्ने प्रस्ताव गरेको विवरण सार्वजनिक भएका छन्। यी दुवै पक्षका वार्ताका प्रस्ताव हुन्, अन्तिम सहमति होइनन्। लागतको अनुपात निर्धारण गर्नुअघि सिँचाइ, बाढी नियन्त्रण र पानीको उपयोगबाट प्राप्त हुने लाभको मूल्याङ्कनमा सहमति जुट्नुपर्नेछ। जलविद्युत् उत्पादनको लाभ गणना गर्न तुलनात्मक रूपमा सजिलो भए पनि सिँचाइ र बाढी नियन्त्रणको लाभको आर्थिक मूल्य निर्धारण जटिल छ। पूर्वऊर्जा मन्त्रालयका सहसचिव तथा पञ्चेश्वर विकास प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत मधु भेटुवालले सन् २०२३ मा भएको छलफलका क्रममा भारतले बढी लगानी गर्न सहमति जनाएको विषय उठाएका थिए। तर, थप लाभको मूल्याङ्कन र त्यसका आधारमा भारतले कति अतिरिक्त लगानी गर्ने भन्ने विषयमा ठोस सहमति हुन नसकेको उनको भनाइ थियो। विद्युत् भने बराबर बाँड्ने विषयमा दुवै देशको सहमति रहेको उनले स्पष्ट पारेका थिए। लागतको विवाद समाधान गर्न दुवै देशले आयोजनाबाट प्राप्त हुने लाभको वैज्ञानिक र पारदर्शी मूल्याङ्कन गर्नुपर्नेछ। जलविद्युत् उत्पादनको लाभ गणना गर्न तुलनात्मक रूपमा सजिलो भए पनि सिँचाइ र बाढी नियन्त्रणको लाभको आर्थिक मूल्य निर्धारण जटिल छ। कुन क्षेत्रमा कति पानी उपलब्ध हुन्छ, त्यसबाट कति जमिनमा सिँचाइ हुन्छ, बाढीको जोखिम कति घट्छ र त्यसबाट कति आर्थिक लाभ प्राप्त हुन्छ भन्ने तथ्याङ्कका आधारमा मूल्याङ्कन गर्नुपर्छ। नेपालका लागि यो विषयमा पर्याप्त तथ्याङ्क र प्राविधिक तयारी महत्त्वपूर्ण छ। भारतसँग वार्ता गर्दा केवल राजनीतिक अडान राखेर पुग्दैन। पानीको बहाव, विद्यमान उपयोग, सम्भावित सिँचाइ क्षेत्र, बाढी जोखिम र आर्थिक लाभको प्रमाणसहित आफ्नो प्रस्ताव प्रस्तुत गर्नुपर्ने हुन्छ। यस्तो आधार बलियो भए मात्रै लागत बाँडफाँटमा नेपालको पक्ष स्थापित गर्न सहज हुनेछ। भारत सरकारले सन् २०१५ मा सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आयोजनाको लागत भारतीय रुपैयाँ ३४ हजार ९७१ करोड ९४ लाख थियो। पूर्वऊर्जा क्षेत्रका जानकार खड्गबहादुर बिष्टले पञ्चेश्वरको पानी बाँडफाँट र लाभको विषयमा सहमति जुटाउन कठिन हुने चिन्ता व्यक्त गर्दै आएका छन्। उनका अनुसार लामो समयदेखि विवादित विषयमा दुवै पक्षको अडान कायम रहेकाले छिट्टै समाधान हुने सुनिश्चितता छैन। प्रधानमन्त्रीस्तरीय निर्देशन सकारात्मक भए पनि प्राविधिक र आर्थिक विवाद समाधान नगरी आयोजना अघि बढ्न नसक्ने उनको विश्लेषण छ। आयोजनाको लागतसम्बन्धी पुराना अनुमान पनि पुनरावलोकन गर्नुपर्ने अवस्था छ। भारत सरकारले सन् २०१५ मा सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आयोजनाको लागत भारतीय रुपैयाँ ३४ हजार ९७१ करोड ९४ लाख थियो। उक्त अनुमान सन् २०१५ फेब्रुअरीको मूल्यस्तरमा आधारित थियो। त्यसयता निर्माण सामग्री, श्रम, जग्गा अधिग्रहण, पुनर्वास र अन्य खर्चमा परिवर्तन भइसकेको छ। त्यसैले उक्त रकमलाई अहिलेको अन्तिम लागत मान्न मिल्दैन। नेपालमा सार्वजनिक भएका तीन खर्ब ३६ अर्ब रुपैयाँ वा पाँच खर्ब ६० अर्ब रुपैयाँभन्दा बढीका अनुमान पनि अन्तिम स्वीकृत लागत होइनन्। डीपीआरको अन्तिम रूप, निर्माणको डिजाइन, जग्गा अधिग्रहण, वातावरणीय व्यवस्थापन र वित्तीय संरचना निश्चित भएपछि मात्रै वास्तविक लागत निर्धारण गर्न सकिन्छ। दीर्घकालीन ऊर्जा सुरक्षा, सिँचाइ विस्तार र जलस्रोत व्यवस्थापनबाट प्राप्त हुन सक्ने लाभको तुलनामा लगानीको प्रतिफल कस्तो हुन्छ भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यक छ। आयोजनाको लागत बढ्दै जाँदा नेपालको वित्तीय दायित्व पनि बढ्नेछ। नेपालले आफ्नो हिस्साको लगानी ऋणमार्फत जुटाउने हो भने ऋणको ब्याज, भुक्तानी अवधि र आयोजनाबाट प्राप्त हुने आम्दानीबीच सन्तुलन मिलाउनुपर्नेछ। आयोजना निर्माणमा दस वर्ष वा त्यसभन्दा बढी समय लाग्ने अवस्थामा वार्षिक बजेटमा पर्ने दबाबसमेत मूल्याङ्कन गर्नुपर्छ। तर, लागतको डरले मात्रै आयोजना रोकिराख्नु पनि उचित हुँदैन। दीर्घकालीन ऊर्जा सुरक्षा, सिँचाइ विस्तार र जलस्रोत व्यवस्थापनबाट प्राप्त हुन सक्ने लाभको तुलनामा लगानीको प्रतिफल कस्तो हुन्छ भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यक छ। लागत र लाभको स्पष्ट हिसाबबिना अघि बढ्दा भविष्यमा आर्थिक जोखिम बढ्न सक्छ। त्यसैले डीपीआरमा सहमति जुटाउने प्रक्रिया नै आयोजनाको वित्तीय विश्वसनीयताको आधार बन्नुपर्छ। कति मेगावाटको आयोजना? पञ्चेश्वर आयोजनाको क्षमता कति हो भन्ने विषयमा पनि विभिन्न अध्ययन र दस्तावेजमा फरक–फरक आँकडा भेटिन्छन्। पुराना अवधारणामा मुख्य पञ्चेश्वर बाँधबाट ६ हजार ४ सय ८० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव थियो। त्यसमा दुवै देशतर्फ ३ हजार २ सय ४० मेगावाट क्षमताका विद्युत् गृह रहने अवधारणा अघि सारिएको थियो। रुपालीगाडमा थप २४० मेगावाट क्षमताको पुनर्नियमन बाँधसमेत प्रस्ताव गरिएको थियो। तर, सन् २०१६ मा तयार गरिएको एकीकृत मस्यौदा डीपीआरमा मुख्य पञ्चेश्वर आयोजनाको क्षमता ४ हजार ८ सय मेगावाट र रुपालीगाडको क्षमता २४० मेगावाट गरी कुल ५ हजार ४० मेगावाट प्रस्ताव गरिएको थियो। यही कारण आयोजनाको क्षमताबारे सार्वजनिक विवरणमा फरक–फरक आँकडा देखिन्छन्। अन्तिम डीपीआर स्वीकृत नभएसम्म आयोजनाको अन्तिम क्षमता निश्चित भएको मान्न सकिँदैन। पञ्चेश्वर जलाशययुक्त आयोजना हो। यसको अर्थ वर्षायाममा नदीमा उपलब्ध हुने पानी सञ्चित गरेर आवश्यकताअनुसार विद्युत् उत्पादन गर्न सकिन्छ। सन् २०१६ को मस्यौदा प्रस्तावअनुसार कुल ५ हजार ४० मेगावाटमध्ये दुवै देशले २ हजार ५२० मेगावाटका दरले विद्युत् प्राप्त गर्ने अवधारणा थियो। विद्युत् उत्पादनको लाभ बराबर बाँड्ने विषयमा दुवै देशबीच तुलनात्मक रूपमा सहमति देखिए पनि उत्पादन क्षमता, बाँधको डिजाइन र अन्य प्राविधिक पक्षलाई अन्तिम रूप दिन बाँकी छ। पञ्चेश्वर जलाशययुक्त आयोजना हो। यसको अर्थ वर्षायाममा नदीमा उपलब्ध हुने पानी सञ्चित गरेर आवश्यकताअनुसार विद्युत् उत्पादन गर्न सकिन्छ। नेपालका लागि यस्तो आयोजना विशेष महत्त्वको हुन सक्छ। वर्षायाममा बढी हुने विद्युत् उत्पादन र हिउँदमा घट्ने उत्पादनबीच सन्तुलन कायम गर्न जलाशययुक्त आयोजनाले सहयोग पुर्‍याउँछ। यसले देशको विद्युत् प्रणालीलाई स्थिर बनाउन र ऊर्जा आपूर्तिको विश्वसनीयता बढाउन सक्छ। नेपालमा नदी प्रवाही आयोजनाको बाहुल्य छ। वर्षायाममा धेरै विद्युत् उत्पादन भए पनि हिउँदमा नदीको बहाव घट्दा उत्पादन घट्ने समस्या छ। जलाशययुक्त आयोजना सञ्चालनमा आएमा पानी सञ्चित गरेर माग बढी हुने समयमा विद्युत् उत्पादन गर्न सकिन्छ। यसले आन्तरिक खपत व्यवस्थापनसँगै क्षेत्रीय विद्युत् व्यापारमा पनि सहयोग पुर्‍याउन सक्छ। नेपालले आफ्नो हिस्साको विद्युत् आन्तरिक बजारमा उपयोग गर्ने वा भारतलगायत अन्य बजारमा बिक्री गर्ने भन्ने विषयमा दीर्घकालीन योजना बनाउनुपर्नेछ। तर, आयोजनाको विद्युत् उत्पादन क्षमता मात्रै यसको सफलताको मापदण्ड होइन। निर्माण लागत, ऋणको भार, उत्पादन हुने विद्युत्को मूल्य, बजारको उपलब्धता र प्रसारण पूर्वाधारसमेत महत्त्वपूर्ण छन्। नेपालले आफ्नो हिस्साको विद्युत् आन्तरिक बजारमा उपयोग गर्ने वा भारतलगायत अन्य बजारमा बिक्री गर्ने भन्ने विषयमा दीर्घकालीन योजना बनाउनुपर्नेछ। पञ्चेश्वरबाट उत्पादित विद्युत् दुवै देशले बराबर पाउने सन्धिको व्यवस्था छ। तर, विद्युत् उत्पादन र व्यापारका लागि आवश्यक प्रसारण लाइन, बजार पहुँच र मूल्य निर्धारणसम्बन्धी विषयलाई पनि आयोजनाको समग्र वित्तीय संरचनासँग जोड्नुपर्छ। आयोजना बनेपछि मात्रै विद्युत् बिक्रीको बजार खोज्ने अवस्था आउन नदिन पूर्वतयारी आवश्यक छ। सिँचाइ र बाढी नियन्त्रणको लाभ पञ्चेश्वरलाई केवल जलविद्युत् आयोजना मान्नु यसको बहुउद्देश्यीय स्वरूपलाई सीमित गर्नु हो। यसको मुख्य उद्देश्य ऊर्जा उत्पादनसँगै सिँचाइ र नदी व्यवस्थापनबाट लाभ प्राप्त गर्नु हो। महाकाली नदीको पानी सञ्चित र नियमन गरेर दुवै देशका तल्लो तटीय क्षेत्रमा पानीको उपलब्धता सुधार गर्ने अपेक्षा गरिएको छ। नेपालले पनि पञ्चेश्वरबाट सिँचाइ लाभ प्राप्त गर्न सक्ने अपेक्षा गरेको छ। तर, बाँध निर्माण हुँदैमा नेपालका सबै सम्भावित सिँचाइ क्षेत्रमा पानी पुग्ने होइन। भारतले महाकाली नदीको पानीबाट ठूलो सिँचाइ लाभ प्राप्त गर्न सक्ने भएकाले लागत बाँडफाँटमा उसको हिस्सा बढी हुनुपर्ने नेपालको तर्क छ। भारतका लागि नदीको बहाव व्यवस्थापन र सिँचाइ प्रणालीमा उपलब्ध हुने थप पानी आर्थिक रूपमा महत्त्वपूर्ण हुन सक्छ। तर, त्यस्तो लाभको परिमाण कति हो भन्ने विषयमा दुवै देशबीच सहमति छैन। नेपालले पनि पञ्चेश्वरबाट सिँचाइ लाभ प्राप्त गर्न सक्ने अपेक्षा गरेको छ। तर, बाँध निर्माण हुँदैमा नेपालका सबै सम्भावित सिँचाइ क्षेत्रमा पानी पुग्ने होइन। पानी वितरणका लागि आवश्यक नहर, सुरुङ, पम्पिङ प्रणाली र अन्य संरचना निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि थप लगानी, जग्गा अधिग्रहण र प्राविधिक तयारी आवश्यक हुन्छ। महाकाली सन्धिको चौथो धारामा दोधारा–चाँदनी क्षेत्रको सिँचाइका लागि भारतले नेपाललाई प्रतिसेकेन्ड १० घनमिटर अर्थात् ३५० क्युसेक पानी उपलब्ध गराउने व्यवस्था छ। यो व्यवस्था नेपालको सिँचाइ आवश्यकतासँग प्रत्यक्ष जोडिएको छ। तर, पानी उपलब्ध गराउने प्रतिबद्धता र त्यसलाई खेतबारीसम्म पुर्‍याउने पूर्वाधार निर्माण अलग विषय हुन्। नेपालले आफ्नो हिस्साको पानी उपयोग गर्न आवश्यक संरचना समयमै निर्माण गर्न सकेन भने सन्धिबाट प्राप्त अधिकारको व्यावहारिक लाभ सीमित हुन सक्छ। बाढी नियन्त्रणका सन्दर्भमा पनि पञ्चेश्वरबाट लाभ प्राप्त हुने अपेक्षा गरिएको छ। जलाशयले नदीको बहाव नियमन गर्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम घटाउन सहयोग पुग्न सक्छ। महाकाली सन्धिको पाँचौँ धाराले महाकाली नदीको पानी उपयोग गर्दा नेपालको आवश्यकतालाई प्राथमिकता दिने व्यवस्था गरेको छ। यो प्रावधान पनि नेपालको जलस्रोत अधिकारका दृष्टिले महत्त्वपूर्ण छ। तर, सन्धिका व्यवस्था कार्यान्वयन गर्न स्पष्ट जलविज्ञानसम्बन्धी तथ्याङ्क, पानीको उपयोगको अभिलेख र दुवै देशबीच नियमित समन्वय आवश्यक हुन्छ। बाढी नियन्त्रणका सन्दर्भमा पनि पञ्चेश्वरबाट लाभ प्राप्त हुने अपेक्षा गरिएको छ। जलाशयले नदीको बहाव नियमन गर्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम घटाउन सहयोग पुग्न सक्छ। तर, बाँध बनेपछि बाढी पूर्ण रूपमा नियन्त्रण हुन्छ भन्ने बुझाइ सही होइन। जलाशयको क्षमता, वर्षाको प्रकृति, नदीमा आउने पानीको मात्रा र सञ्चालन विधिले बाढी व्यवस्थापनको प्रभाव निर्धारण गर्छन्। आयोजनाको बाढी नियन्त्रणसम्बन्धी लाभको मूल्याङ्कन गर्दा वैज्ञानिक आधार आवश्यक छ। कुन अवधिमा कति पानी सञ्चित गर्न सकिन्छ, बाढीको उच्च बहाव कति घटाउन सकिन्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो आर्थिक लाभ हुन्छ भन्ने विषय स्पष्ट हुनुपर्छ। यस्ता तथ्याङ्कले लागत बाँडफाँटमा दुवै देशलाई सहमत गराउन सहयोग पुर्‍याउन सक्छन्। स्थानीय बासिन्दाको सरोकार पञ्चेश्वर आयोजना निर्माणको बहसमा नेपाल र भारतका सरकार तथा प्राविधिक निकायका कुरा बढी सुनिन्छन्। तर, आयोजनाबाट प्रत्यक्ष प्रभावित हुने स्थानीय बासिन्दाको सरोकार पनि उत्तिकै महत्त्वपूर्ण छ। प्रस्तावित जलाशयका कारण नेपालतर्फ बैतडी र दार्चुलाका केही क्षेत्र तथा भारततर्फ उत्तराखण्डका भूभाग प्रभावित हुन सक्ने अध्ययनहरूमा उल्लेख छ। पञ्चेश्वर क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्त्व बोकेका स्थलहरू पनि छन्। प्रस्तावित जलाशयका कारण पञ्चेश्वर, रामेश्वर र तलेश्वरलगायत केही धार्मिक स्थल प्रभावित हुन सक्ने वातावरणीय अध्ययनमा उल्लेख गरिएको छ। जलाशय निर्माण हुँदा डुबानमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन क्षेत्र, धार्मिक तथा सांस्कृतिक सम्पदाको पहिचान गर्नुपर्ने हुन्छ। प्रभावित परिवारको संख्या, जग्गाको क्षेत्रफल, जीविकोपार्जनमा पर्ने असर र पुनर्वासको लागतसम्बन्धी विस्तृत अध्ययन आवश्यक छ। पुराना अध्ययनका आधारमा मात्रै अहिलेको प्रभावित क्षेत्र र परिवारको यकिन संख्या निर्धारण गर्न मिल्दैन। स्थानीय बासिन्दाका लागि आयोजना राष्ट्रिय गौरवको विषय मात्र होइन, उनीहरूको घर, जग्गा, खेती, रोजगारी र सामाजिक सम्बन्धसँग जोडिएको विषय हो। जलाशयका कारण विस्थापित हुने परिवारलाई उचित मुआब्जा दिनु मात्रै पर्याप्त हुँदैन। उनीहरूको जीविकोपार्जन पुनःस्थापना, नयाँ बस्तीमा आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, सडक र रोजगारीको व्यवस्था पनि सुनिश्चित गर्नुपर्छ। पञ्चेश्वर क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्त्व बोकेका स्थलहरू पनि छन्। प्रस्तावित जलाशयका कारण पञ्चेश्वर, रामेश्वर र तलेश्वरलगायत केही धार्मिक स्थल प्रभावित हुन सक्ने वातावरणीय अध्ययनमा उल्लेख गरिएको छ। यस्ता स्थलको संरक्षण, स्थानान्तरण वा वैकल्पिक व्यवस्थाबारे स्थानीय समुदायसँग परामर्श गरेर निर्णय लिनुपर्ने हुन्छ। वातावरणीय दृष्टिले पनि पञ्चेश्वर चुनौतीपूर्ण आयोजना हो। ठूलो जलाशय निर्माण हुँदा नदीको प्राकृतिक बहाव, जलीय जैविक विविधता, वनस्पति, वन्यजन्तु र नदीमा निर्भर समुदायमा प्रभाव पर्न सक्छ। आयोजनाले स्थानीय क्षेत्रमा रोजगारी, सडक, विद्युत्, बजार र अन्य पूर्वाधार विकासको अवसर सिर्जना गर्न सक्छ। तर, त्यस्तो लाभ स्वतः प्राप्त हुँदैन। निर्माणको चरणमा स्थानीय जनशक्तिलाई प्राथमिकता दिने, प्रभावित क्षेत्रका बासिन्दाका लागि सीप विकास कार्यक्रम सञ्चालन गर्ने र आयोजनाबाट प्राप्त हुने लाभको केही हिस्सा स्थानीय विकासमा लगाउने व्यवस्था आवश्यक छ। वातावरणीय दृष्टिले पनि पञ्चेश्वर चुनौतीपूर्ण आयोजना हो। ठूलो जलाशय निर्माण हुँदा नदीको प्राकृतिक बहाव, जलीय जैविक विविधता, वनस्पति, वन्यजन्तु र नदीमा निर्भर समुदायमा प्रभाव पर्न सक्छ। नदीको प्राकृतिक बहाव कायम राख्ने, माछाको आवागमन र जैविक विविधताको संरक्षण गर्ने तथा जलाशयको पानीको गुणस्तर व्यवस्थापन गर्ने योजना आवश्यक हुन्छ। वातावरणीय स्वीकृति र सामाजिक प्रभाव मूल्याङ्कनलाई औपचारिक प्रक्रिया मात्र बनाउनु हुँदैन। आयोजनाको वास्तविक प्रभाव, जोखिम र न्यूनीकरणका उपायलाई डीपीआरमै समेट्नुपर्छ। स्थानीय समुदायसँगको परामर्श र सहमति निर्माण प्रक्रियाको आधार बन्नुपर्छ। कूटनीतिक सहमतिबाट कार्यान्वयनसम्म पञ्चेश्वरको विषय नेपाल–भारत सम्बन्धमा लामो समयदेखि दोहोरिँदै आएको छ। दुवै देशका सरकारहरूले यसलाई साझा हितको आयोजना भन्दै आएका छन्। तर, साझा हितको भाषण र त्यसको आर्थिक बाँडफाँटबीचको दूरी घटाउन नसक्दा आयोजना अघि बढ्न सकेको छैन। नेपाल–भारत सम्बन्धमा संवाद र विश्वासको वातावरण निर्माण हुनु जलस्रोतजस्ता जटिल विषयमा सहमति जुटाउन उपयोगी हुन सक्छ। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वरलाई संयुक्त वक्तव्यमा समेटिनु कूटनीतिक रूपमा महत्त्वपूर्ण छ। यसले दुवै देशको उच्च राजनीतिक तहमा आयोजना अझै प्राथमिकतामा रहेको संकेत गर्छ। तर, विगतका अनुभवले संयुक्त वक्तव्यमा उल्लेख हुँदैमा आयोजना स्वतः अघि बढ्दैन भन्ने देखाएको छ। परराष्ट्र मामिलाका जानकार अरुण सुवेदीले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा आपसी विश्वास निर्माण गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यसपटकको भ्रमणमा प्रधानमन्त्रीले असहज विषयलाई तत्काल उछालेर सम्बन्ध तनावपूर्ण बनाउनेभन्दा संवाद र सहकार्यलाई प्राथमिकता दिएका छन्। “भारतसित पाखुरा सुर्केर नेपालमा आएर शूरवीर भई लोकप्रिय हुने जुन वाम मनोविज्ञान थियो, त्यसबाट प्रधानमन्त्रीजी बाहिरिनुभएको छ,” सुवेदीको टिप्पणी छ। उनको यो टिप्पणी पञ्चेश्वरको प्राविधिक विवादभन्दा पनि भ्रमणको कूटनीतिक शैलीसँग सम्बन्धित छ। नेपाल–भारत सम्बन्धमा संवाद र विश्वासको वातावरण निर्माण हुनु जलस्रोतजस्ता जटिल विषयमा सहमति जुटाउन उपयोगी हुन सक्छ। तर, विश्वास निर्माणसँगै राष्ट्रिय हितका विषयमा स्पष्ट र तथ्यमा आधारित अडान पनि आवश्यक हुन्छ। सन्धिका प्रावधानको फरक व्याख्या, लाभको गणना गर्ने विधि, पानीको विद्यमान उपयोग र लागत बाँडफाँटको आधारमा दुवै पक्षको दृष्टिकोण फरक छ। नेपालले पञ्चेश्वरमा आफ्नो जलअधिकार र लाभको उचित मूल्याङ्कन सुनिश्चित गर्नुपर्छ। भारतसँग सहकार्य आवश्यक छ भन्दैमा सन्धिले दिएको अधिकारको व्याख्यामा अस्पष्टता स्वीकार गर्नुपर्ने हुँदैन। त्यस्तै, आफ्नो अडानलाई कार्यान्वयनयोग्य बनाउन आवश्यक अध्ययन, तथ्याङ्क र प्राविधिक क्षमता विकासमा पनि नेपालले ध्यान दिनुपर्छ। ऊर्जा मन्त्रालयका पूर्वप्रवक्ता दिनेशकुमार घिमिरेले यसअघि डीपीआरका धेरै विषयमा दुवै देशबीच छलफलबाट सहमति बने पनि पानी बाँडफाँट र त्यसबाट प्राप्त हुने अतिरिक्त लाभको मूल्याङ्कनमा विषय अड्किएको बताएका थिए। डीपीआरका करिब ५०० टिप्पणीमध्ये झन्डै ४०० विषय समाधान भएको उनको पुरानो भनाइ थियो। यसले विवादका विषय सीमित भए पनि ती आयोजना अघि बढाउन निर्णायक रहेको देखाउँछ। यसबीच भारत र नेपालका अधिकारीहरूबीच भएका छलफलमा सहमति नजुट्नुको कारण केवल राजनीतिक इच्छाशक्तिको अभाव होइन। सन्धिका प्रावधानको फरक व्याख्या, लाभको गणना गर्ने विधि, पानीको विद्यमान उपयोग र लागत बाँडफाँटको आधारमा दुवै पक्षको दृष्टिकोण फरक छ। त्यसैले समाधानका लागि प्राविधिक टोलीले एउटै आधारमा तथ्याङ्क तयार पार्नु र त्यसलाई राजनीतिक तहबाट अनुमोदन गर्ने प्रक्रिया आवश्यक छ। भारतले पनि आफ्नो प्रस्ताव र लाभको मूल्याङ्कनको आधार स्पष्ट गर्नुपर्छ। दुवै पक्षले स्वीकार गर्न सक्ने साझा विधि तय नभएसम्म लागत बाँडफाँटको विवाद समाधान हुने सम्भावना कमजोर रहन्छ। नेपालले वार्तामा आफ्नो पक्ष बलियो बनाउन महाकाली नदीको पानीको विद्यमान उपयोग, तल्लो तटीय अधिकार, सिँचाइ लाभ र बाढी नियन्त्रणसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्नुपर्छ। भारतले पनि आफ्नो प्रस्ताव र लाभको मूल्याङ्कनको आधार स्पष्ट गर्नुपर्छ। दुवै पक्षले स्वीकार गर्न सक्ने साझा विधि तय नभएसम्म लागत बाँडफाँटको विवाद समाधान हुने सम्भावना कमजोर रहन्छ। त्यसैगरी, आयोजनाको डीपीआर टुङ्ग्याउने समयसीमा सार्वजनिक गर्नुपर्ने आवश्यकता छ। विगतमा छ महिना, तीन महिना वा अन्य समयसीमा तोकिए पनि त्यसको पालना हुन सकेन। यसपटक प्रधानमन्त्रीस्तरीय निर्देशनलाई कार्ययोजना, जिम्मेवार निकाय, बैठकको नियमितता र प्रगति प्रतिवेदनसँग जोड्नुपर्छ। अन्यथा निर्देशन पनि विगतका प्रतिबद्धताजस्तै कूटनीतिक अभिलेखमा सीमित हुन सक्छ। अबको परीक्षा कार्यान्वयन पञ्चेश्वर आयोजना नेपालको ऊर्जा तथा जलस्रोत विकासका लागि ठूलो अवसर हो। तर, यसको सम्भावना र वास्तविक उपलब्धिबीचको दूरी निकै लामो भइसकेको छ। आयोजना निर्माण भएमा जलविद्युत् उत्पादन, सिँचाइ र नदी व्यवस्थापनमा दुवै देशले लाभ लिन सक्छन्। तर, त्यसका लागि सबैभन्दा पहिले पानी र लाभको मूल्याङ्कनमा सहमति जुट्नुपर्छ। नेपालले आयोजनाबाट प्राप्त हुने विद्युत् उपयोग र बिक्रीको दीर्घकालीन योजना बनाउनुपर्छ। जलाशययुक्त आयोजनाले हिउँदमा विद्युत् आपूर्ति स्थिर बनाउन सहयोग पुर्‍याउन सक्छ। प्रधानमन्त्री शाह र मोदीको निर्देशनपछि अब दुवै देशका सम्बन्धित निकायमाथि दबाब बढेको छ। पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिले डीपीआरलाई अन्तिम रूप दिने कामलाई प्राथमिकतामा राख्नुपर्नेछ। विवादित विषयलाई प्राविधिक तहमा समाधान गर्न नसकिए राजनीतिक तहमा निर्णयका लागि स्पष्ट विकल्पसहित प्रस्ताव लैजानुपर्छ। नेपालका लागि तीनवटा विषय विशेष महत्त्वका छन्। पहिलो, महाकाली नदीको पानीमा सन्धिले दिएको अधिकारको संरक्षण। दोस्रो, आयोजनाबाट दुवै देशले प्राप्त गर्ने लाभको यथार्थ मूल्याङ्कन गरी लागतको न्यायोचित बाँडफाँट। तेस्रो, आयोजनाबाट प्रभावित हुने स्थानीय समुदायको अधिकार, पुनर्वास र वातावरणीय संरक्षणको सुनिश्चितता। यी विषयमा स्पष्टता नआएसम्म आयोजनाको वित्तीय र सामाजिक आधार बलियो बन्न सक्दैन। त्यसैगरी, नेपालले आयोजनाबाट प्राप्त हुने विद्युत् उपयोग र बिक्रीको दीर्घकालीन योजना बनाउनुपर्छ। जलाशययुक्त आयोजनाले हिउँदमा विद्युत् आपूर्ति स्थिर बनाउन सहयोग पुर्‍याउन सक्छ। तर, उत्पादन हुने विद्युत् बजारसम्म पुर्‍याउन प्रसारण लाइन, क्षेत्रीय विद्युत् व्यापार र आन्तरिक खपतको योजना आवश्यक हुन्छ। आयोजनाको आर्थिक प्रतिफल यिनै विषयसँग जोडिन्छ। तीन दशकसम्म डीपीआरमै अल्झिएको आयोजनाले नेपाल र भारतबीचको जलस्रोत सहकार्यको वास्तविक परीक्षा लिइरहेको छ। दुवै देशले यसलाई साझा लाभको परियोजना भन्दै आएका छन्। पञ्चेश्वरको भविष्य केवल दुई देशका प्रधानमन्त्रीको निर्देशनमा निर्भर छैन। त्यो निर्देशनलाई प्राविधिक सहमति, वित्तीय निर्णय र निर्माण प्रक्रियामा बदल्ने क्षमतामा निर्भर छ। विगतमा राजनीतिक प्रतिबद्धता पर्याप्त भएनन्। अब त्यसलाई कार्यान्वयनको स्पष्ट समयतालिका र जवाफदेहितासँग जोड्नुपर्नेछ। तीन दशकसम्म डीपीआरमै अल्झिएको आयोजनाले नेपाल र भारतबीचको जलस्रोत सहकार्यको वास्तविक परीक्षा लिइरहेको छ। दुवै देशले यसलाई साझा लाभको परियोजना भन्दै आएका छन्। अब साझा लाभको भाषालाई व्यवहारमा उतार्ने समय आएको छ। प्रधानमन्त्रीस्तरीय निर्देशनले आशा जगाएको छ, तर पञ्चेश्वरको पुरानो गाँठो खुल्ने कि नखुल्ने भन्ने निर्णय अब वार्ताको टेबलमा हुने ठोस सहमतिले गर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट
Latest NewsJust now

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

रुस–युक्रेन युद्धसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा उत्तर कोरियाको एक बाल शिविरमाथि स्विट्जरल्यान्डले प्रतिबन्ध लगाएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । उत्तर कोरियाले प्योङयाङस्थित स्विस कूटनीतिक कार्यालय बन्द हुन... ...

रातोपाटी
धर्मनिरपेक्षता कि इसाईकरणको वैधानिकीकरण
Latest NewsJust now

धर्मनिरपेक्षता कि इसाईकरणको वैधानिकीकरण

दोस्रो जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाले ०६३ जेठ ४ गते नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्‍यो । नेपालको इतिहासमा यो एउटा अप्रत्याशित राजनीतिक निर्णय थियो । धर्मनिरपेक्षता न दोस्रो जनआन्दोलनको प्रमुख एजेन्डा थियो,... ...

रातोपाटी
ठेक्का रद्द गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित भए: शाही
Latest NewsJust now

ठेक्का रद्द गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित भए: शाही

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेन्द्रबहादुर शाहीले ठेक्का रद्द गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले बहुवर्षीय तथा राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको बताएका छन्।  मंगलबार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा धारणा राख्दै शाहीले ठेक्का प्रक्रिया सुरु भइसकेपछि संशोध... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement