Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ: मन्त्री गौतम

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ: मन्त्री गौतम
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा सहमति नभए विकल्प खोज्न सरकार तयार रहेको बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सरोकार भएकाहरूसँगको छलफलमा उनले मेलमिलापलाई प्रभावकारी र सबैको पहुँचमा पुर्‍याउनु सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पारिन् । विधेयकमा पाँच वा सोभन्दा बढी न्यायाधीश रहेको अदालतमा कम्तीमा एक जना न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिने प्रस्ताव गरिएको उल्लेख गर्दै मन्त्री गौतमले यसले मेलमिलाप प्रक्रियाप्रति पक्षहरूको विश्वास र न्यायालयको विश्वसनीयता बढाउने अपेक्षा गरिएको बताइन् । न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिन हुने वा नहुने विषयमा सरोकार भएकाहरूको मत विभाजित भएमा थप छलफल अघि बढाउन सकिने उहाँले बताइन् । उक्त प्रस्ताव सबैलाई उपयुक्त नलागे त्यसको विकल्प खोज्न सकिने उनको भनाइ छ । “हाम्रो उद्देश्य भनेको मेलमिलापलाई सकेसम्म सबैको पहुँचमा पुर्‍याउनु र मेलमिलापबाटै विवाद समाधान गर्नु हो । मेलमिलापबाट समस्या समाधान गर्न सकियो भने जनतालाई सहज हुन्छ भन्ने हो”, मन्त्री गौतमले भनिन् । मन्त्री गौतमले कानुन निर्माण गर्दा सैद्धान्तिक तथा कानुनी मान्यतासँगै स्थानीय तहमा काम गर्ने व्यक्तिहरूका व्यावहारिक अनुभव र जटिलतालाई पनि समेट्नुपर्नेमा जोड दिइन् । बन्द कोठामा निर्माण गरिएका नीतिले व्यवहारमा समस्या निम्त्याउन सक्ने भन्दै उनले सरोकार भएकाहरूबाट प्राप्त सुझावले विधेयकको दफावार छलफललाई थप प्रभावकारी बनाउने बताइन् । अदालतमा मुद्दा पुग्दा नागरिकले आर्थिक खर्च, लामो समय र पुनरावेदन प्रक्रियासमेतको झन्झट बेहोर्नुपर्ने अवस्थाबारे चिन्ता व्यक्त गर्दै मन्त्री गौतमले विशेषगरी पारिवारिक तथा सामाजिक सम्बन्धभित्रका विवाद अदालतसम्म पुग्दा लामो समयसम्म सम्बन्ध बिग्रिने र सामाजिक सद्भावमा समेत असर पर्ने भएकाले मेलमिलापलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती
Latest NewsJust now

लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

रूपन्देही।लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई कुन दिशामा अगाडि बढाउने भन्ने बहस सुरु भएको छ। सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा र सदस्यसचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेसँगै कोषमा नयाँ जिम्मेवारी र अपेक्षा थपिएका छन्। नयाँ नेतृत्वसामु वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना अघि बढाउने र पुरातात्विक सम्पदाको संरक्षण गर्ने चुनौती छन् तर लुम्बिनीको ...

नेपालन्युज
जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी
Latest NewsJust now

जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी

• लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै अपराजित यात्रा जारी राखेको छ। • लुम्बिनीले १४९ रनको लक्ष्य दिएको थियो, जसमा रोहित पौडेलले ३४ रन बनाएका थिए। • जनकपुरले १३३ रन मात्र बनाउन सकेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ। ...

नेपालबहस
उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबिच शिष्टाचार भेटवार्ता
Latest NewsJust now

उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ, कात्तिक १९ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play