Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाली सेनाका प्रवक्ता सहायक रथि राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताएका छन्। सैनिक मुख्यालयमा आज पत्रकारहरूसँग अन्तर्क्रियाका क्रममा नवनियुक्त प्रवक्ता तथा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक श्रेष्ठले राष्ट्र र जनताको सेवामा समर्पित रही राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्ने बताएका हुन्। उनले भने, “नेपाली सेना प्रेससँग समन्वय र सहकार्यमा अघि बढिरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिन्छ । सदा सूचनाको हकलगायत नागरिक स्वतन्त्रताको संरक्षणमा प्रतिबद्ध सेनाले विकास निर्माण लगायत अन्य सैन्य गतिविधिहरू मिडिया मार्फत् समयमै सार्वजनिक गर्नेछ।” उनले नेपाली सेना र नेपाली सञ्चारमाध्यमकाबीचको सम्बन्ध सदैव व्यावसायिक र सुमधुर रही आएको पनि स्पष्ट गरे। उनले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा समेत यदाकदा भ्रमपूर्ण र मिथ्या सूचना आउने गरेको बताउँदै यस्तो गलत प्रवृत्तिलाई सबैले मिलेर रोक्नुपर्ने धारणा पनि राखे। राष्ट्रिय सङ्कटको घडीमा नेपाली सेनाले जस्तै नेपालका आमसञ्चारकर्मीहरूले पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा पनि गरे। सो कार्यक्रममा नेपाली सेनाका निवर्तमान प्रवक्ता राजाराम बस्नेतले सुरक्षा र सूचनाका बीचको सम्बन्ध अन्योन्याश्रित रहेको प्रसङ्ग उल्लेख गर्दै नेपाली मिडिया जगतले सधैँ नेपाली सेनासँग समन्वय गरेर सूचना प्रवाह गर्ने गरेको चर्चा गरे। त्यस अवसरमा वरिष्ठ पत्रकार बबिता बस्नेतले पछिल्ला वर्षमा राष्ट्रिय सुरक्षा लगायत अन्य कतिपय संवेदनशील विषय र क्षेत्रहरूमा प्रेस र सेनाबीचको समन्वय र सहकार्यले भ्रमपूर्ण र मिथ्या सूचना नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्ने गरेको धारणा राखिन्। रासस The post नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारको नीति कार्यान्वयन पछि परिचय फेर्दै हुलाक : नागरिकको घरदैलोमै सेवा, अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थिति
TechnologyJust now

सरकारको नीति कार्यान्वयन पछि परिचय फेर्दै हुलाक : नागरिकको घरदैलोमै सेवा, अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थिति

लामो समयदेखि रुग्ण र सुस्त संस्थाका रूपमा परिचित हुलाक सेवा पछिल्लो समय सेवा विस्तार, प्रविधिको प्रयोग, अन्तरनिकाय समन्वय र नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने अभियानमार्फत अब्बल र सफल संस्थाका रुपमा स्थापित हुन थालेको छ। नयाँ सरकार गठन पछि ल्याइएको शासकीय सुधारका सय कार्यसूचीमा हुलाक सेवालाई सुधार गरी सरकारी कुरियर सेवाका रुपमा स्थापित गर्ने पनि एउटा थियो । जसअनुसार परम्परागत चिठ्ठीपत्र ढुवानीमा ...

टेक्नोलोजी खबर
इन्स्टाग्राममा रिल्स चोरी नियन्त्रण गर्न मेटाको नयाँ फिचर, नक्कल गर्ने भिडियो आफैँ पत्ता लाग्ने
TechnologyJust now

इन्स्टाग्राममा रिल्स चोरी नियन्त्रण गर्न मेटाको नयाँ फिचर, नक्कल गर्ने भिडियो आफैँ पत्ता लाग्ने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले मौलिक भिडियो सामग्रीको चोरी तथा अनधिकृत नक्कल नियन्त्रण गर्न ‘कन्टेन्ट प्रोटेक्सन’ नामक नयाँ सुविधा ल्याउन थालेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले बनाएका मौलिक रिल्सको नक्कल गरी इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरिएका भिडियो पहिचान गर्न सकिनेछ ।मेटाले ल्याउन थालेको यो सुविधाले सर्जकले दर्ता गरेका मौलिक भिडियोसँग अन्य प्रयोगकर्ताले अपलोड गरेका भिडियोको दृश्य तुलना गरी समानता खोज्नेछ ...

आइसिटी समाचार
जाभा र एन्जिनक्समा गम्भीर साइबर सुरक्षा जोखिम, राष्ट्रिय साइबर सुरक्षा केन्द्रद्वारा चेतावनी जारी
TechnologyJust now

जाभा र एन्जिनक्समा गम्भीर साइबर सुरक्षा जोखिम, राष्ट्रिय साइबर सुरक्षा केन्द्रद्वारा चेतावनी जारी

काठमाडौं । जाभा प्रोग्रामिङ भाषा र एन्जिनक्स वेब सर्भरमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकाय तथा प्रयोगकर्तालाई सतर्क रहन आग्रह गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय मातहत रहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले बिहीबार (२०८३ मङ्सिर ३ गते) सूचना सङ्ख्या ११४७–११५–०२ मार्फत सुरक्षा चेतावनी जारी गरेको हो ।केन्द्रका अनुसार जाभामा ...

आइसिटी समाचार
स्टार्टअप फेस्टको पहिलो दिन युवाको उत्साह, नवीन प्रविधि र सिर्जनाले तान्यो अवलोकनकर्ताको ध्यान
TechnologyJust now

स्टार्टअप फेस्टको पहिलो दिन युवाको उत्साह, नवीन प्रविधि र सिर्जनाले तान्यो अवलोकनकर्ताको ध्यान

काठमाडौं । नेपालको स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा सुरु भएको सातौँ संस्करणको स्टार्टअप फेस्टको पहिलो दिन उत्साहजनक सहभागिता देखिएको छ । प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, उद्यमी, लगानीकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थितिले फेस्टलाई थप उत्साहपूर्ण बनाएको छ ।आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play